रोट्रर्‍याक्ट क्लब अफ दमौलीद्वारा बालबालिकालाई शैक्षिक सामाग्रि सहयोग

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास-११ स्थित चण्डिका आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई रोट्रर्‍याक्ट क्लब अफ दमौलीले शैक्षिक सामाग्रि उपलब्ध गराएको छ । आठौं तनहुँ महोत्सवको अवसरमा आयोजित २ वटा कन्सर्ट कार्यक्रममा क्लबको तर्फबाट विक्रि गरिएको टिकट शुल्कबाट उठेको केही रकम विद्यालयका बालबालिकालाई पोशाक सहित शैक्षिक सामग्री सहयोग गरिएको हो ।

विद्यालयमा अध्ययनरत् ७० जना दलित, सिमान्तकृत र विपन्न परिवारका बालबालिकालाई झोला, सर्ट पाइट, जुत्ता, मोझा लगायतका विद्यालय पोशाक र कपि कलम लगायतका शैक्षिक सामग्री सहयोग गरिएको कार्यक्रम संयोजक एवं क्लबका इलेक्ट प्रेसिडेन्ट विशाल श्रेष्ठले बताए ।

उक्त टिकेट विक्रिबाट क्लबले पाएको ३५ हजार मुल्य बराबरको सामाग्री विद्यार्थीलाई सहयोग गरिएको उनले जानकारी दिए । सोही क्रममा विद्यालयका प्रधानाध्यापक सुरेन्द्र अधिकारीले प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै रोट्रर्‍याक्ट क्लबले उत्कृष्ट सामाजिक काम गर्दै आएको बताए ।

यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरबहादुर खड्काले जिल्लामा सामाजिक काम गर्ने धेरै संघसंस्था भएपनि हालसम्म कुनै पनि संस्थाबाट सहयोग प्राप्त नभएको बताए । विद्यालयमा पढ्ने प्रायः बालबालिकाको आर्थिक स्थिति कमजोर भएकाले धेरै समस्या भोग्दै आएको चर्चा गर्दै उनले क्लबको सहयोगले बालबालिकाको पठनपाठनमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker