शुक्लागण्डकी नगरपालिकाद्वारा ६५१ जनालाई अपाङ्गता परिचयपत्र वितरण
भञ्ज्याङ समाचारदाता (दमौली)

शुक्लागण्डकी नगरपालिकाले आइतबार १३ जनालाई अपाङ्गता परीचयपत्र वितरण गरेको छ । नगरपालिकामा भएको एक दिने परिचयपत्र वितरण शिविरमा क वर्गको ३ जनालाई, ख वर्गको ६ जनालाई, ग वर्गको ३ जना र घ वर्गको १ जनालाई परीचयपत्र वितरण गरेको हो ।
योसंगै शुक्लागण्डकीमा ६५१ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको सामाजिक बिकास शाखा प्रमुख हिमा पोखरेलले बताइन् । उनका अनुसार १६० जनालाई ‘क’, २६५ जनालाई ‘ख’, १४४ जनलाई ‘ग’ र ८२ जनालाई ‘घ’ वर्गको परीचयपत्र वितरण गरिएको छ । नगरपालिकाले शिविरसम्म आउन नसक्नेको घरमै पुगेर परिचयपत्र वितरण गर्ने गरेको पोखरेलले जानकारी दिएन । गत बर्ष वडा र टोल-टोलमा पुगेर पनि परिचयपत्र वितरण गरिएको थियो ।










