विविध कार्यक्रम गरी तनहुँमा गणतन्त्र दिवस मनाइने

दमौली : गणतन्त्र दिवस तनहुँमा विविध कार्यक्रम गरी मनाइने भएको छ । जिल्लास्तरीय गणतन्त्र दिवस समारोह समितिको बैठकले दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
जसअनुसार जेठ १४ गते गणतन्त्र दिवस विशेष रेडियो परिसंवाद, विशेष समाचार र सम्पादकीय प्रशारण प्रकाशन, सम्बन्धित धार्मिक संस्थाको संयोजनमा विभिन्न मठमन्दिर, गुम्बा, मस्जिद, चर्च लगायतका स्थानमा पूजापाठ तथा प्रार्थना गर्ने, तनहुँ उद्योग वाणिज्य संघ र व्यास १, २, ३ र ४ वडाको संयोजनमा महत्वपूर्ण सार्वजनिक स्थानमा सरसफाइ गरिने छ ।
यस्तै, जेठ १४ गते शिक्षा विकास तथा समन्वय इकाइ, व्यास नगरपालिका शिक्षा शाखा र सामाजिक विकास कार्यालयको संयोजनमा माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना हुनेछ ।
सोही दिन सामाजिक विकास कार्यालयको संयोजनमा जनज्योति माविमा बौद्धिक अपाङ्गता विद्यार्थीलाई पोशाक वितरण, व्यास नगरपालिकाको संयोजनमा अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिनेछ ।
जेठ १५ गते जिल्ला समन्वय समिति र व्यास नगरपालिकाको संयोजनमा राष्ट्रिय गान, झण्डोत्तोलन, सहिदहरुप्रति सम्मान कार्यक्रम, प्रभातफेरी, फलफूल वितरण, दीप प्रज्ज्वलन, नागरिक स्वास्थ्य परीक्षण हुनेछ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker