कपिलबस्तु बस दुर्घटनाः १० जनाको मृत्यु, ३० घाइते

कपिलबस्तु । कपिलबस्तु स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत शिवराज नगरपालिका १ सुरही खोलामा बस दुर्घटनामा दश जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

सुदुर पश्चिमको सुनौलो महाकाली यातायातले संचालन गरेको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको सशस्त्र प्रहरी उपरिक्षक जीवन केसीले बताउनुभयो ।

महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेको यात्रु बस सुरही खोलामा खस्दा १० जनाको मृत्यु भएको प्रहरी उपरिक्षक नवरत्न पौडेलले बताउनुभयो । उहाँका अनुसार चालक सहित ३० जना घाइतेमध्ये १० जनाको अवस्था गम्भिर रहेकोले बुटवल स्थित चौराहा अस्पतालमा उपचारका लागि पठाइएको छ ।

घाईतेहरुलाई उद्धार गरी चन्द्रौटास्थित संजीवनी अस्पताल र आधारभुत स्वास्थ्य के्रन्द्रमा उपचार भइरहेको छ । मृतक र घाईतेको अझै नाम नखुलेको प्रहरी उपरिक्षक पौडेलले बताउनुभयो ।

बसमा ३ जना गाडी स्टाफ र ३७ जना यात्रु गरी ४० जना सवार थिए । घाईतेको उद्धार कार्यका लागि नेपाल र सशस्त्र प्रहरीको टोली राति नै घटना स्थल पुगेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker