हरियाली बढाउन ६५ हजार विरुवा वितरण गरिदै

डिभिजन वन कार्यालय तनहुँले हरियाली बढाउन यस वर्ष ६५ हजार विरुवा निःशुल्क वितरण गर्ने भएको छ । कार्यालयले आफ्नो नर्सरीमा हुर्काएका बिरुवा किसानलाई वितरण गर्ने तयारी गरेको हो ।

उत्पादित तयारी विरुवा असारको तेस्रो सातादेखि वितरण गर्ने कार्यालयको योजना छ । विगतको तुलनामा यस वर्ष थोरै विरुवा हुर्काइएका छन् । वन कार्यालयको नर्सरीमा तीस हजार डाले घाँसका बिरुवा उत्पादन गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले बताए ।

कार्यालयको नर्सरीमा राइखनियो, डुम्री, बडहर, बकाइनो, टाँकीका बिरुवा अधिक छन् । हरियाली वृद्धिका साथै पशुपालन किसानलाई लक्षित गरी डाले घाँसलाई प्राथमिकतामा राखिएको उनले बताए ।

नर्सरीमा हुर्काइएका विरुवामध्ये जडीबुटीतर्फ शितल चिनी, हर्रो, बर्रो, तेजपात, बेल, अमला, श्रीखण्ड रहेका छन् भने सौन्दर्यमूलकमा कपूर, अशोका, धूपी लगायत छन् ।

‘पछिल्ला समय पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएकाले बर्सेनि डाले घाँसका बिरुवा उत्पादन गरी वितरण गर्दै आएका छौ’, अधिकृत श्रेष्ठले भने, ‘प्रदेश सरकारबाट बजेट कम विनियोजन भएका कारण यस वर्ष थोरै बिरुवा उत्पादन गरिएको हो ।’

चार वर्षअघि दश लाख, तीन वर्ष अघि आठ लाख, दुइ वर्षअघि छ लाख २५ हजार र गत वर्ष एक लाख बढी बिरुवा उत्पादन गरी निःशुल्क वितरण गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker