दुर्घटनामा घाइते माइक्रो चालकको मृत्यु

दमाैली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा बिहीबार साँझ बस र विद्युतीय माइक्रो ठोक्किएर दुर्घटना हुँदा घाइते चालकको मृत्यु भएको छ ।

दमौलीबाट मुग्लिनतर्फ जॉदै गरेको ग १ ख ७३२९ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बा ०१–००६ ख ६५०३ नम्बरको विद्युतीय माइक्रो दुर्घटना हुँदा गम्भीर घाइते माइक्रो चालक धादिङको निलकण्ठ नगरपालिका–१४ बस्ने रमेश अवस्थीको उपचारका क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते अवस्थीलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएकामा राति चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।

दुर्घटनामा बसमा सवार ११ र माइक्रोमा सवार १० गरी २१ जना घाइते भएका थिए । अन्य घाइतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker