स्वास्थ्य सेवा सुदृढ गर्न अस्पतालहरुको स्तरोन्नति अपरिहार्य : मन्त्री पाठक

आँवुखैरेनी : गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालहरुको स्तरोन्नति अपरिहार्य रहेको बताएका छन् ।

आँबुखैरेनी गाउँपालिकाको तनहुँमा रहेको आँबुखैरेनी अस्पतालमा फिजिओथेरापी सेवाको उद्घाटन गर्दै मन्त्री पाठकले भने, ‘गुणस्तरिय स्वास्थ्य सेवा दिन अस्पतालहरुको सुदृढीकरण गर्न अस्पतालहरुको स्तरोन्नति अपरिहार्य छ ।’

अब प्रदेश मातहतका सबै अस्पतालहरुलाई आफ्नै आम्दानीको श्रोतबाट चल्न सक्नेगरी सुदृढ गर्न गण्डकीको स्वास्थ्य मन्त्रालयले तयारी गरिरहेको समेत मन्त्री पाठकले जानकारी दिए ।

प्रदेश मातहतका सबै अस्पतालहरुको वार्षिक आमदानी करिब ७० करोड हुने गरेकोमा अब गरिने स्तरोन्नति पश्चात आम्दानी तिनगुना वृद्वि हुने पनि उनको भनाई थियो । अब स्थानीय तहमा संचालित अस्पतालहरुले पनि आफ्नै आम्दानीको श्रोतबाट चल्न सक्नेगरी योजना बनाउनुपर्ने पाठकको आग्रह थियो ।

आँबुखैरेनी अस्पतालले ओपिडी, इमर्जेन्सी, डेन्टल, ल्याव, एक्सरे, डायलायसिस, आँखा उपचार, रक्त संचार, फिजिओथेरापी लगाएतका सेवाहरु संचालन गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker