जलेको वडा कार्यालयमा सरसफाई

जेनजीको प्रदर्शनकारीले आगजनीगर्दा जलेर ध्वस्त भएको तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर १० को कार्यालयमा आइतबार सरसफाइ गरी सेवा प्रवाह गर्ने तयारी वडाबासी । सरसफाईमा वडाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, आमा समूह, टोल विकास संस्थाका प्रतिनिधिसँगै वडाबासीको सहभागिता रहेको थियो । आगजनीपछि वडा कार्यालय पूर्ण रुपमा क्षति भएको छ । वडा कार्यालयमा रहेका कागजातसँगै कम्प्युटर लगायतका यन्त्र उपकरणसमेत जलेर खरानी भएको बताइएको छ । तस्विर : भञ्ज्याङ










