तनहुँमा असार १६ गतेसम्म निषेधाज्ञा : फेन्सी, किरानासहितका पसल तीन घण्टा खुल्ने (केके खुल्छन् ? आदेश सहित)

भञ्ज्याङ न्यूज

तनहुँ प्रशासनले असार १६ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिस अनुसार प्रशासनले असार १६ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जिल्लामा कोभिड-१९ संक्रमणको जोखिम अझै कमी नभएको र समुदायमा व्यापक फैलिन सक्ने अवस्थालाई ध्यानमा राखि उक्त निषेधाज्ञाको आदेशलाई निरन्तरता दिन सिफारिस गरे अनुसार पुनः निषेधाज्ञा जारी गरिउको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी यस अघि जारी गरिएको निषेधाज्ञाको आदेशलाई निरन्तरता दिदै जिल्ला भर लागु हुने गरी निषेधाज्ञा गरिएको प्रजिअ आचार्यले बताए ।

यस्तै, प्रशासनले यस पटकको निषेधाज्ञालाई केही सहज बनाउने भएको छ । फेन्सी, किराना तथा भीडभाड नहुने खालका व्यापार व्यवसायलाई सोमबारबाट दैनिक ३ घण्टा खोल्न दिने तयारी गरेको छ ।

व्यापारीहरुले आफूहरु संकटमा परेको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्दै व्यवसाय खोल्न दिने वातावरण मिलाउन माग गर्दै आएका थिए । सोही अनुसार जिल्ला कोभिड संकट व्यवस्थापन समितिले सिफारिस दिएपछि अब प्रशासनले निषेध गरेका बाहेक सबै व्यवसाय खोल्न दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए ।

‘भिडभाड हुने भनेर निषेध गरेका बाहेकका पसल विहान तीन घण्टा खुल्नेछन्’, उनले भने, ‘अन्य व्यवसायका लागि हाल विहान ८ देखि ११ बजेको समय तोकिएको छ । यस अघि नै खुल्दै आएका अत्यावश्यक व्यवसायलाई बिहान ५ देखि ९ बजेसम्म खुल्न पाउने समय तोकिएको छ ।’

प्रशासनले स्वास्थ्य मापदण्डको कडाइ गर्न र नियम उल्लंघन भए कडा कारबाही गर्ने चेतावनी दिएको छ । यदि कोही कसैबाट यो आदेशको उल्लंघन भएमा कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker