हिंसा विरुद्ध सचेतनामूलक र्याली

तनहुँको घिरिङ गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अन्तिम दिन बुधबार “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नाराका साथ वडा नं. ५ को देउरालीबाट मानपुरसम्म आयोजना गरेको सचेतनामूलक र्यालीका सहभागिहरु। महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यका साथ आयोजित सचेतनामूलक र्यालीमा विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, महिला, सुरक्षाकर्मी र स्थानीय नागरिकले ‘हिंसालाई सहन होइन, रोक्नको लागि आवाज उठाउँ’, ‘हिंसामुक्त समाज निर्माण हाम्रो साझा जिम्मेवारी हो’, ‘अब सहने होइन, रोक्ने पुस्ता बनौं’ नारा लेखिएको प्लेकार्ड बोकी सहभागि भएका थिए । तस्विर : भञ्ज्याङ










