व्यासमा बाहिरबाट आउनेलाई अनिवार्य १० दिन एकान्तबासमा बस्नुपर्ने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले बाहिरबाट आउनेलाई अनिवार्य रुपमा घरमै एकान्तबास (क्वारेन्टिन)मा बस्नुपर्ने निर्णय गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले कोरोना भाइरस संक्रमण जोखिम बढ्दै गएकाले बाहिरी जिल्ला तथा अन्य मुलुकबाट आउने जोकोहीलाई पनि अनिवार्य घरमै सुरक्षित रुपमा १० दिन एकान्तबासमा बस्नुपर्ने निर्णय गरेको हो ।

बैठकले नगरपालिका क्षेत्रभित्र अन्य विभिन्न मुलुकहरुबाट आउने नगर बासीहरुलाई टोल विकास संस्थाहरुको सहयोग र समन्वयमा न्यूनत्तम १० दिन सम्म यथासम्भव एकान्तबासमा राख्ने यदि घरमा त्यो सम्भव नभए सम्बन्धित वडाहरुमा रहेका सार्वजनिक तथा सामुदायिक भवनहरुमा स्थापना गरिएको एकान्तबासमा राख्ने व्यवस्थापन मिलाउने, संक्रमितहरुको स्वास्थ्य अवस्था र त्यसको जटिलता हेरी त्यस्ता प्रकृतिका संक्रमितहरुलाई होम आइसोलेसन वा यस अगाडि सञ्चालनमा रहेका आइसोलेशन केन्द्रहरुमा राख्ने निर्णय गरेको छ ।

यस्तै, संक्रमितको स्वास्थ्य अवस्था अत्यन्तै जटिल बन्दै गएमा सम्बन्धित अस्पतालहरुमा पठाउने व्यवस्थाका लागि सहजिकरण गर्न सम्बन्धित वडा कार्यालयलाई लेखि पठाउने साथै क्वारेन्टिनमा बस्ने व्यक्तिहरुको सुविधालाई मध्यनजर गरी ७ जनाभन्दा बढी क्वारेन्टिनमा बस्ने व्यक्तिहरु भएमा सम्बन्धित वडाका स्वास्थ्य केन्द्रबाटै निःशुल्क पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाउने, सम्भावित परिस्थितिलाई मध्यनजर गरी आवश्यक जनशक्ति, एम्बुलेन्स र शव वाहनलाई तयारी अवस्थामा राख्न समेत सम्बन्धित शाखालाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।

कार्यपालिका बैठकले नगरपालिका कार्यालयद्वारा मूल्याङ्कन गरी पेश हुन आएको नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकनको प्रतिवेदन उपर बृहत रुपमा छलफल गरी अनुमोदन गर्ने निर्णय गरेको वडा नं. ५ का वडाध्यक्ष एवं नगरप्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी गराए ।

नगर विकास कोषको ऋण सहयोग समेत यस व्यास नगरपालिकाको संयुक्त लगानीमा कार्यालय परिसरको उत्तर पूर्व तर्फ निर्माण प्रस्ताव गरिएको बहुउद्देश्यीय भवन निर्माणका लागि आवश्यक प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्ने कार्यका लागि आवश्यक प्रकृया अगाडि बढाउनका लागि कार्यालयलाई निर्देशन दिने कार्यपालिका बैठकले निर्णय गरेको छ ।

यस्तै, विद्यमान कोभिड-१९ को असर र प्रभावलाई मध्यनजर गर्दै बैशाख १५ गतेदेखि नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत शैक्षिक संस्थाहरुबाट सञ्चालन हुँदै आएको भौतिक उपस्थितिका कुनै पनि कक्षाहरु सञ्चालन नगर्न र कक्षागत आन्तरिक परीक्षाहरु भौतिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरु कडाइका साथ पालना गर्ने गराउने व्यवस्था मिलाई फरक फरक सिफ्टमा परीक्षा सञ्चालन गर्ने गरी आवश्यक व्यवस्था मिलाउन शिक्षा तथा सामाजिक विकास शाखालाई बैठकले निर्देशन दिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker