भिमादको बुढुवा खोलामा ट्रस पुल निर्माण

भिमाद : तनहुँको भिमाद नगरपालिका–३ स्थित बुढुवा खोलामा पुल निर्माण गरिएको छ । बर्खायाममा खोलामा बाढी आउँदै स्थानीयले सास्ती झेल्नुपरेपछि एक महिनामै ट्रस पुल निर्माण सम्पन्न गरिएको छ ।

वडा कार्यालयको रु ४० लाखको लागतमा २८ मिटर लम्बाइ भएको ट्रस पुल निर्माण गरिएको हो । छोटो समयमै काम सम्पन्न गरेर पुल सञ्चालनमा ल्याइएको भिमाद नगरपालिका–३ का वडाध्यक्ष पदम सेन ठकुरीले बताए । सुनसरीस्थित आस्था निर्माण सेवाले पुल निर्माणको जिम्मा लिएको थियो ।

वडाध्यक्ष ठकुरीले भने, ‘अन्तत वडा नम्बर ३ वासीको सपना साकार भयो, बुढुवाखोलाको सास्तीबाट अबदेखि मुक्त भइयो।’ वडा कार्यालय नजिकै रहेको यो पुल निर्माण पश्चात् सर्वसाधारणलाई सहज हुने उनको भनाइ छ ।

खोलामा पुल नहुँदा बुढुवा खोला उर्लिदा वारपार गर्न समस्या हुन्थ्यो । हिउँदमा समस्या नभएपनि बर्खामा यहाँबाट वारपार गर्न मुस्किल रहेपछि वडा कार्यालयकै पहलमा पुल निर्माण गरिएको बताइएको छ ।

यस्तै, उक्त पुलको नगरप्रमुख दधिराज सुवेदी र उपप्रमुख शारदा खनालले उद्घाटन गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker