तमु ल्होसारमा साँस्कृतिक झाँकी

तमु ह्युल छोँज धिं गुरुङ राष्ट्रिय परिषद शुक्लागण्डकी नगर इकाई समिति तनहुँद्वारा शनिबार दुलेगौँडामा तमु ल्होसार (नयाँ वर्ष) पर्वका अवसरमा निकालिएको झाँकीमा जातिय पहिचान झल्कने भेषभूषामा सजिएर सहभागि भएका गुरुङ समुदायका महिलाहरु ।

गुरुङ समुदायले यस वर्ष सर्प वर्गलाई बिदाइ र घोडा वर्गलाई स्वागत गर्दै तमु ल्होसार मनाइदै छ । तस्विर : भञ्ज्याङ










