लोप हुँदैछ दसैंको पिङ संस्कृति, देखिनै छाडे रोटे र लिङे पिङ

भञ्ज्याङ न्यूज

वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता छ । गाउँघरमा वर्षमा एक पटक भएपनि दसैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन कायमै छ । विशेषगरी दसैंको बेलामा पिङको छुट्टै महत्व हुन्छ ।

विगतका वर्षहरुमा दमौली सदरमुकाममा पनि पिङ हाल्ने प्रचलन थियो । दसैँ मनाउन गाउँ गएकाहरुले पनि गाउँमा पिङ हालेर रमाइलो गर्दथे । तर विस्तारै पिङ हाल्ने प्रचलन हराउँदै गएको छ । आजभोलि ग्रामीण भेगमा पनि निकै कमै मात्र पिङ देख्न सकिन्छ ।

पहिला पहिला दसैँ आउनु अगावै पिङ हालेर रमाइलो हुने भएपनि आजभोलि त्यस्तो प्रचलन हराउँदै आएको व्यास नगरपालिका–५ का राजकुमार श्रेष्ठले बताउनुभयो । “दसैँमा पिङ खेल्ने, रमाउने परम्परा हराउँदै गयो, आधुनिकताका कारण यी सबै इतिहासमा सीमित हुने हो की भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो, “आजभोलि त पिङ पनि देख्न छाडियो ।”

भिमाद नगरपालिका–९ का शिवकुमार आलेले गाउँघरमा पिङ हाल्ने प्रचलन घट्दै गएको बताउनुभयो । विगतका वर्षहरुमा प्रत्येक गाउँमा पिङ देख्ने गरिएपनि आजभोलि फाट्टफुट्ट मात्रै पिङ देखिने उहाँले बताउनुभयो । “पहिला पहिला जताततै पिङ देखिन्थ्यो, पिङ खेल्न पालो कुर्नुपथ्र्यो, आजभोलि विस्तारै घट्दै छ”, उहाँले भन्नुभयो ।

यस वर्ष भने दसैँमा गाउँघरमा मानिसको चहलपहल बढेको उहाँले बताउनुभयो । “यो वर्ष खोप लगाएको हुनाले शहर सुनसान, गाउँ रमाइलो भएको छ”, उहाँले भन्नुभयो, “दसैँ मान्न शहरबाट गाउँ फर्किनेको चहलपहल राम्रो छ ।”

चङ्खे (रोटे) पिङ

व्यास नगरपालिकाले विगत दुई वर्षमा खुल्लामैदानमा रोटे पिङ हालेको थियो । गत वर्ष कोरोना कहरका कारण पिङ हालिएन । रोटे पिङ संरक्षणका लागि व्यासले ३१ वर्षपछि दमौलीमा उक्त पिङ हालेको थियो । तर यस वर्ष दमौलीमा पिङ देखिएको छैन ।

केही ठाउँमा भने संस्कृति र परम्पराका लागि भन्दै स्थानीयवासीले पिङ हालेका छन् । बन्दिपुरस्थित टुँडिखेलमा स्थानीय व्यवसायीले पिङ हालेको होटल व्यवसायी किसान प्रधानले जानकारी दिनुभयो । “दसैँमा पिङ खेल्ने परम्परालाई बचाउन यो वर्ष टुँडिखेलमा पिङ बनाएका छौ”, प्रधानले भन्नुभयो ।

व्यास नगरपालिका–५ भुपटोलका कृष्णकुमार श्रेष्ठले पनि व्यक्तिगत लगानीमा पिङ निर्माण गर्नुएको छ । पछिल्लो समय लोप हुँदै गएको पिङको संरक्षण र यसको महत्वलाई उजागर गर्नका लागि व्यक्तिगत लगानीमा पिङ हालेको उहाँल जानकारी दिनुभयो । “आधुनिकतासँगै यस्तो पिङ आजभोलि देख्न पाइँदैन, यसको संरक्षणका लागि पनि पिङ बनाएको हूँ”, उहाँले भन्नुभयो । पिङ निर्माणका लागि डेढ लाख खर्च भएको छ । नेपालीहरुको महान चाडमा चङ्खे पिङ हालेर सस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासी प्रेमकुमार श्रेष्ठले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker