तनहुँको व्यास नगरपालिकाको आन्तरिक आम्दानी रु १५ करोड

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले रु १५ करोड भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा रु १५ करोड चार लाख १७ हजार ७१० आन्तरिक आम्दानी गरेको हो । उक्त अवधिमा रु २० करोड ४७ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य भए पनि कोरोना कहरका कारण लक्ष्य अनुसारको आन्तरिक आम्दानी हुन नसकेको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । व्यास नगरपालिका जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी आन्तरिक आम्दानी गर्ने पालिका हो ।

नगरपालिकाले सम्पत्ति, मालपोत, घरबहाल कर, प्राकृतिक स्रोतसाधन लगायतबाट आन्तरिक आय संकलन गर्दै आएको छ । नगरपालिकाले सबैभन्दा बढी प्राकृतिक स्रोतसाधनबाट रु पाँच करोड २५ लाख ३७ हजार ४० संकलन गरेको छ । नगरपालिकाले प्राकृतिक स्रोतसाधनबाट रु नौ करोड ८० लाख आन्तरिक आय हुने लक्ष्य राखेको थियो ।

सम्पत्तिकर रु एक करोड १४ लाख २० हजार ७८४, मालपोतबाट रु ५३ लाख ४६ हजार ९२७, घरबहालबाट रु ७५ लाख ९६ हजार ४२५, घरभाडा करबाट रु एक करोड ६५ लाख ९८ हजार ६२२, मेसिनरी उपकरणबाट रु ५९ हजार ३००, लिलाम बिक्रीबाट रु २४ हजार, मिलापत्रबाट रु २२ हजार ५२०, सिफारिसबाट रु एक करोड २८ लाख पाँच हजार दुइ २१६, विविध फारमबाट रु दश लाख दुइ हजार ७८१, अन्य प्रशासनिक सेवाबाट रु ६८ लाख ३७ हजार ६३७, सवारी पार्किङबाट रु आठ लाख १७ हजार ९० संकलन गरेको छ ।

घर नक्सा पासबाट रु एक करोड ४१ लाख ५२ हजार २३०, नाता प्रमाणितबाट रु दुइ लाख ६७ हजार ७३५, अन्य विविधबाट रु चार लाख ८६ हजार १२० र दर्ता र नवीकरणबाट रु १९ लाख ३३ हजार एक सय सङ्कलन भएको छ । त्यस्तै दण्डजरीवानाबाट रु छ लाख १५ हजार एक सय ४१, धरौटी सदरस्यबाट रु १६ लाख ३४ हजार ६१९, सरसफाइबाट रु ६५ लाख ७३ हजार ४८९, स्थानीय वातावरण शुल्कबाट रु ७६ लाख ५९ हजार २३७, व्यवसाय करबाट रु १८ लाख ९८ हजार १०२ संकलन भएको छ । नगरपालिकाले सम्पत्ति करमा लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ ।

सम्पत्ति करबाट रु एक करोड ११ लाख संकलन गर्ने लक्ष्य रहेकामा रु चार लाख २० हजार ७८४ बढी संकलन भएको छ । मालपोत करबाट रु ५० लाख संकलन गर्ने लक्ष्य रहेकामा रु तीन लाख ४६ हजार ९२७ बढी संकलन भएको छ । घरबहाल करमा भने लक्ष्यभन्दा कम संकलन भएको छ । रु एक करोड ५० लाख संकलनको लक्ष्य रहेकामा रु ७४ लाख तीन हजार ५७५ कम संकलन भएको छ । प्राकृतिक स्रोतसाधनबाट पनि लक्ष्यभन्दा कम राजश्व संकलन भएको छ । रु नौ करोड ८० लाख संकलनको लक्ष्य रहेकामा रु चार करोड ५४ लाख ६२ हजार ९६० कम राजस्व संकलन भएको छ । सिफारिसबाट रु एक करोड संकलनको लक्ष्य रहेकामा रु २८ लाख पाँच हजार २१६ बढी सङ्कलन भएको छ । अन्य प्रशासनिक सेवाबाट रु ३३ लाख संकलनको लक्ष्य रहेकामा रु ३५ लाख ३७ हजार ६३७ बढी संकलन भएको नगरपालिकाले जनाएको छ ।

सरसफाइतर्फ र ५० लाखको लक्ष्य रहेकामा रु १५ लाख ७३ हजार ४८९ बढी सङ्कलन भएको छ भनेे स्थानीय वातावरणतर्फ रु एक करोडको लक्ष्य रहेकामा रु २३ लाख ४० हजार ७२७ कम सङ्कलन भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker