परम्परागत कृषि तथा घरेलु सामाग्रि प्रदर्शन

तनहुँको दमौलीमा बिहीबारदेखि सञ्चालित छैठौ आदिवासी जनजाति सांस्कृतिक एवं पर्यटन महोत्सव उद्घाटनका अवसरमा निकालिएको ¥यालीमा व्यास नगर तमु सुधार समाज, व्यास–३ ले प्रदर्शन गरेको परम्परागत कृषि तथा घरेलु सामाग्रिसहितको झाँकी । यो झाँकी कूल ६० अंकमा ५२ अंक प्राप्त गरी प्रथम हुन सफल भएको छ । यस्तै, ५०.५ अंक सहित मगर सुधार समाज दमौलीले द्वितीय स्थान प्राप्त गरेको छ। मगर गुठ समिति, व्यास–१ ले ५० अंकसहित तृतीय स्थान प्राप्त गरकेो छ । ४८ अंक सहित मिलन तमु आमा समूह, ४६ अंक सहित छंगेली नेवा खल दमौली र ४५ अंक सहित जनभावना नेवा समूह सान्त्वना भएको बताइएको छ ।
तस्विर : भञ्ज्याङ










