वर्च्याङ गाउँका घरघरमै खानेपानीको धारा

तनहुँको म्याग्दे गाउँपालिका–१ वर्च्याङकी एक महिला आफ्नो घरको आँगनमा रहेको धारामा सरसफाई गर्दै । एक गाग्री खानेपानीका लागि २/३ घण्टा समय खर्चदै आएका यहाँका बासिन्दाले अहिले तनहुँ जलविद्युत आयोजनाको आर्थिक सहयोगमा लिफ्ट प्रविधिको खानेपानी आयोजनाबाट एक घर एक धारा जडन गरेपछि सहज रुपमा पानीको उपभोग गर्दै आएकाछन् । घर आँगनमै पानी आएपछि स्थानीयले करेसाबारीमा तरकारी खेती, पशुपालन जस्ता कार्य पनि गर्दै आएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ










