दुलेगौंडामा तीन जनाको हत्या प्रकरण : पक्राउ परेका एक जना विरुद्ध सात दिनको म्याद थप

तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित सेती नदी किनारमा तीन जनाको शव फेला परेको घटनामा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान तीव्र पारेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गन पुस २६ गते बिहान करिब ९ः३० बजे शुक्लागण्डकी फोहोर प्रशोधन केन्द्रबाट करिब २०० मिटर दक्षिण–पूर्व बगर क्षेत्रमा रहेको अस्थायी छाप्रोभित्र अन्दाजी ५५ वर्षका नाम, थर र वतन नखुलेका एक पुरुष धारिलो हतियार प्रयोग गरी मृत अवस्थामा फेला परेका थिए। सोही स्थान नजिकै छाप्रो बाहिर ३९ वर्षका नारायण बि.क.को पनि धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धानका क्रममा सोही दिन दिउँसो करिब १ः०० बजे घटनास्थलबाट करिब १.५ किलोमिटर दक्षिण–पूर्वतर्फ कसेरीघाट नजिक अन्दाजी ५८ वर्षीया देउमाया थापाको शव पनि धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

तीन जनाको हत्या भएको आशंकास्पद घटनापछि तालिमप्राप्त कुकुर, घटनास्थल व्यवस्थापन टोली, गण्डकी प्रदेश प्रहरी कार्यालय तथा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका विज्ञसहितको टोली परिचालन गरी घटनाको गहन अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थल तथा शव जाँच प्रक्रिया पूरा गरी तीनै जनाको शव प्रदेश अस्पताल दमौली, तनहुँमा पोस्टमार्टम गरिएको थियो। मृतक देउमाया थापा र नारायण बि.क.को शव आफन्तको जिम्मा लगाइएको छ भने नाम, थर र वतन नखुलेका पुरुषको शवको सनाखतका लागि हुलिया परिपत्र गरी शव गृहमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।

यस्तै, घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा पक्राउ परेका शुक्लागण्डकी नगरपालिका–५ निवासी, ४६ वर्षीय कुमार नेपाली विरुद्ध मृतकका आफन्तले कर्तव्य ज्यान मुद्दामा संयुक्त पूरक किटानी जाहेरी दर्ता गराएका थिए । प्राप्त प्रमाण, प्रदेश अस्पताल दमौलीको पोस्टमार्टम रिपोर्ट, केन्द्रीय विधिविज्ञान प्रयोगशालाको रिपोर्ट तथा प्रारम्भिक अनुसन्धानका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला कास्की स्थायी घर भई हाल शुक्लागण्डकी–५ मा बसोबास गर्दै आएका ४६ वर्षीय कुमार नेपालीलाई इलाका प्रहरी कार्यालय बेलचौताराले बुधबार तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ।

प्रहरीले घटनासँग सम्बन्धित चक्कु, चप्पल, सल, शंकितले प्रयोग गरेको कपडालगायतका सामग्रीहरू प्रमाणका रूपमा संकलन गरेको रघटनाको थप अनुसन्धान प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी गराएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker