जेनजी आन्दोलनमा कास्कीबाट फरार कैदी तनहुँमा पक्राउ

दमौली : जिल्ला कारागार कास्कीबाट जेनजी आन्दोलनका क्रममा फरार भएका एक जना कैदीलाई प्रहरीले सोमबार तनहुँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका–१ बस्ने २९ वर्षीय अर्जुन परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जबरजस्ती करणी मुद्धाका कैदी परियार गत भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनमा जिल्ला कारागार कास्कीबाट फरार रहेका थिए । प्रहरी चौकी डुम्रेबाट प्रहरी नायब निरीक्षक विजय यादव टोलीले नियन्त्रणमा लिएका उनलाई जिल्ला कारागार तनहुँमा बुझाइएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker