चाडपर्व नजिकिएसंगै तनहुँको शुक्लागण्डकी-५ क्षेत्रमा चोरीको घट्ना बढ्दै

  • भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)

चाडपर्व नजिकै गर्दा चोरी डकैतीका घट्नाहरु बढ्न थालेका छन् । समुदायमा कोरोना संक्रमण फैलन थालेपछि शुक्लागण्डकी-५ का विभिन्न टोलमा गएको सोमबारदेखि निषेधाज्ञा जारी छ । स्थानीयवासी प्रायः घरभित्रै थुनिनु परेको छ । यहि मौकामा चोरीका घट्नाहरु पनि बढ्न थालेको चिल्लेचौरका शम्भु रानाले बताए। उनका अनुसार कुखुरा चोर्नेदेखि घरको च्यानल गेट फोड्नेसम्मको घट्ना हुन थालेका छन् ।

आइतबार विहान करिब साढे दुइ बजे कुखुरा चोरेर भाग्दै गर्दा एक जना चोर पक्राउ परेका छन्। चिल्लेचौरस्थित एक घरमा भाडामा बस्दै आएकी माया गुरुङले पालेको दुइ वटा कुखुरा चोरी गरी भाग्दै गर्दा स्थानीयहरुले घेराहाली चोर पक्रन सफल भएको रानाले बताए ।

रानाले भने, ‘घरबाहिर रहेको खोरबाट कुखुरा चोरेर भाग्दै गर्दा छिमेकीले देखेर हारगुहार गर्नुभयो। त्यसपछि सबैजना जुटेर लखेट्दा बस्तिको कुनापट्ट िबन्दै गरेको घरको शौचालयमा कुखुरासहित पसेको रहेछ । खोज्दै जाँदा त्यहि भेटियो अनि चर्पीको ढोका थुनेर प्रहरीलाई खबर गरौँ, तत्कालै प्रहरीको टोली आएर नियन्त्रणमा लियो ।’

कुखुरा चोर बजारकोट घर भई हाल शेराटार बस्दै आएका ४५ बर्षीय पुरुष भएको प्रहरीले जनाएको छ । ती पुरुष जाँड रक्सीको तालमा हिड्ने र चोरीडकैतीमा संलग्न हुने गरेको पाइएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए। अन्य चोरीका घट्नामा पनि संलग्न भएको आशंकामा सोधपुछ गर्दा केहिदिन अघि शेराटारबाट साइलक चोरी गरी भिमाद लगेर बेचेको समेत खुलेको प्रहरी निरीक्षक रेग्मीले बताए।

त्यस्तै असोज २७ गते राती करिब साढे दुइ बजे थर्पुटारमा शिला रानाको घरको च्यानल गेटको ताल्चा काटेर तीन जनाको समुह घरभित्र पसेका थिए । च्यानल गेट लगाएर ढोका खुलै राखी सुतेकी शिलाले राती च्यानल गेट सारेको थाहा पाएपछि तत्काल ढोका बन्द गरी छिमेकीलाई फोन गरेकी थिइन् । छिमेकीहरुले घरको बत्ती बालेपछि बरन्डामा पुगिसकेका तीन जनाको अपराधिक समुह भाग्न सफल भएको स्थानीय सुमन आलेले बताए । आलेका अनुसार सोहिदिन राती शेराटारको एक किराना पसलको ढोका फोडेर चोरी गरेको खबर आफुहरुले पाएको बताए ।

त्यस्तै वडा नं. ५ कै सिलाङघारीमा घरबाटै पल्सर मोटरसाइकल चोरी भएको छ । असोज २५ गते राती निशान थापाको नाममा रहेको ग१३प ५३३० नम्बरको कालो रंगको पल्सर बाइक घरबाटै हराएको बताइएको छ । चोरीमा संलग्नहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तैगरी एकहप्ता अघि स्थानीय ठेकेदार चन्द्र बहादुर गुरुङले घरको सटिङ्ग गर्न राखेको २६ पाता जस्तापाता समेत चोरी भएको थियो । चाडपर्वको मुखमा चोरी डकैतीका घट्नाहरु बढी हुने भएकाले यो बेला नागरिक आफै पनि सचेत हुनु पर्ने प्रहरी निरीक्षक रेग्मीले बताए । चाडपर्वलाई लक्षित गरी सादा पोशाकमा प्रहरीको टोली खटाइएको र रातको समयमा गस्ती समेत बढाइएको उनले बताए। घट्ना घटेको लामो समयपछि मात्र खबर आउने गरेकाले अपराधी पक्रन समस्या हुने गरेको प्रहरीले बताएको छ ।

‘घट्ना लगत्तै खबर पाउन सके प्रहरीलाई अपराधी समात्न सहज हुन्थ्यो, ढिला गरी खबर आउँदा समस्या भएको छ’, उनले भने । अहिले चोरीका घट्ना बढ्न थालेपछि मुख्य बजार क्षेत्र र वडा नं. ५ लाई संवेदनशील क्षेत्र तोकेर सुरक्षाका गतिविधि बढाएको प्रहरी निरीक्षक रेग्मीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker