पवित्रा माविमा उत्कृष्ट जिपिए ल्याउने छात्रा सम्मानित

डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका स्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) मा ४.०० जिपिए हासिल गरी उत्कृष्ट नतिजा ल्याउने श्री पवित्रा माध्यमिक विद्यालयकी छात्रा मनिका नेपालीलाई विशेष सम्मान गरिएको छ। डुम्रे बजारस्थित नेक स्टोरका सञ्चालक नेक मोहम्मद मियाले विद्यालयमै पुगेर मनिकालाई नगद पाँच हजार पाँच सय रुपैयाँसहित स्टेशनरी सामग्री प्रदान गर्दै सम्मान गरेका हुन् ।
विद्यार्थीको उत्कृष्ट शैक्षिक उपलब्धिको कदर गर्दै आयोजना गरिएको कार्यक्रममा बन्दीपुर गाउँपालिका–१ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठले उत्कृष्ट छात्रालाई सम्मान गर्दै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्रेष्ठले उत्कृष्ट नतिजा ल्याउने छात्रा मनिका नेपालीको प्रशंसा गर्दै आगामी दिनमा अझै मेहनत र अनुशासनका साथ अध्ययनमा लाग्न आग्रह गरेका थिए। उनले शिक्षामा लगानी र प्रतिभाको सम्मानले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताए ।
त्यसैगरी सहयोगदाता नेक मोहम्मद मियाको योगदानको प्रशंसा गर्दै उनले यस्ता प्रेरणादायी कार्यले अन्य विद्यार्थीलाई पनि अध्ययनप्रति उत्साहित बनाउने धारणा राखे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर राना, शिक्षक अभिभावक संघका अध्यक्ष दीपक देवकोटा तथा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपाने लगायत शिक्षक, अभिभावक र स्थानीय व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
विद्यालय परिवारले विद्यार्थीको प्रतिभा र मेहनतलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको सहयोगप्रति नेक मोहम्मद मिया तथा नेक स्टोर परिवारप्रति कृतज्ञता व्यक्त गरेको छ । साथै विद्यालयले छात्रा मनिका नेपालीको उज्ज्वल भविष्य तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको जनाएको छ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker