तनहुँको छिर्कनबाट पाँच जना महिला जुवाडे पक्राउ
जिल्ला प्रहरी कार्यालय तनहुँले पाँच जना महिला जुवाडे पक्राउ गरेको छ । ब्यास नगरपालिका–१२ छिर्कन स्थित एक घरबाट ती महिलाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
अबैध रुपमा जुवा तास खेली रहेको भन्ने गोप्य सुचनाको आधारमा तनहुँ प्रहरी कार्यालयबाट खटिएका टोलिले तास र नगद सहित पक्राउ गरेको बताइएको छ ।
पक्राउ परेकाहरूबाट ५२ पत्ती तास र नगद तीन हजार तीन सय बिस रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय तनहुम राखिएको बताइएको छ ।










