देउसीभैलो राती दश बजेसम्म : प्रशासन, ढुक्का भएर चार्डपर्व मनाउनुस् : प्रहरी

भञ्ज्याङ न्यूज

जिल्ला प्रशासन कार्यालय तनहुँले तिहार पर्वका अवसरमा देउसीभैलो राती दश बजेसम्म मात्र खेल्न भनेको छ। कोभिड-१९ कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेको अवस्थामा सुरक्षित रहि चार्डपर्व मनाउन समेत प्रशासनले आग्रह गरेको छ। न्युनतम स्वास्थ्य र सुरक्षका मापदण्ड अनिवार्य रुपमा पालना गरी देउँसी भैलो खेल्न र राती अबेरसम्म देउसीभैलो नखेल्न प्रशासनले भनेको छ । नेपालीहरुको चाड पर्व तिहार, छठ मनाउने सर्न्दर्भमा जोखिम कम गर्दै जोखिमबाट बच्दै चार्डपर्व मनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्यालले बताए ।

पूजापाठ घरघरमै सिमित रहौं, यदि जानै परेमा स्वास्थ्य मापदण्ड अपनाएर हिड्डुल गर्न प्रशासनले अनुरोध गरेको छ। चार्डपर्वको समयमा पट्का, आतसबाज, झिरझिरे, भूइचम्पा जस्ता बिस्फोटन पदार्थ प्रयोग नगर्नको साथै ओसार पसार र बिक्री बितरण नगराउन समेत सचेत गराइएको छ। उद्योग व्यवसायी सञ्चालन गर्दा नेपाल सरकारले तोकेका न्युनतम मापदण्ड पालना गर्न अनुरोध गरिएको र बजारमा भीडभाड नगरी सामाजिक दुरी कायम गर्दै अनिबार्य रुपमा माक्स प्रयोग गर्न प्रशसानले आग्रह गरेको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय तनहुँले प्रहरी तपाईंको साथमा छ बढी भिडभाड नगरी ढुक्कसँग चार्डपर्व मनाउन आग्रह गरेको छ। प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिनेशराज मैनालीले कोरोनाको त्रास कायमै रहेकाले बढी भिडभाड नगरी स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी ढुक्कसँग चार्डपर्व मनाउन अनुरोध गरेका हुन् ।

नेपाल प्रहरीले देशैभर चार्डपर्व लक्षित योजना लागु गरेकोले आमनागरिकले प्रत्याभूति हुने गरी जिल्लामा शान्ति शुरक्षा प्रदान गरिरहेको जानकारी दिंदै मादक पदार्थ सेवन गरी झैझगडा नगर्न, पटका, भुइचम्पा आताशबाजी नपड्काउन र पटकाजन्य सामग्रीको कारोबार नगर्न, जुवातास नखेल्न नखेलाउन, लामो समय घर छाड्दा र रातको अवस्थामा राम्रोसँग झयालढोका लगाउन, सामाजिक सञ्जाल मार्फ आफ्नो लोकेशन नराख्न, मापसे गरी सवारी नचलाउन, सिट क्षमता भन्दा बढी यात्रु नराख्न अनुरोध अनुरोध गरिएको छ ।

साथै उनले ग्रामीण क्षेत्रमा समेत गस्ती बढाइएको बताए । चार्डपर्वमा हुन सक्ने झै-झगडा, चोरी, जुवातास तथा कानुन विपरीतका कार्य भैरहेको वा हुन सक्ने अबस्थामा प्रहरीलाई खबर गर्न आग्रह गर्दै प्रहरी प्रमुख मैनालीले केही समस्या भएमा प्रहरीको टोल प्रिm नम्बर १०० वा ९८५६०९०१७८, ९८५६०९०२९८ अथवा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker