व्यासमा जेठ १ देखि प्लाष्टिक झोला निषेध

तनहुँको व्यास नगरपालिकाले प्लाष्टिक झोलामुक्त नगर घोषणा गर्न प्लाष्टिकमुक्त अभियान कार्यविधि २०८१ पारित गरेको छ। नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यपालिका बैठकले उक्त कार्यविधि पारित गरेको हो ।

आगामी जेठ १ गतेदेखि प्लाष्टिक झोलामुक्त अभियानलाई कडाइपूर्वक पालना गराउन उक्त कार्यविधि पारित गरिएको प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।

नगरपालिकालाई वातावरणमैत्री नगर बनाउने उद्धेश्यका साथ प्लाष्टिकका झोला प्रयोग गर्न पूर्ण रुपमा निषेध गर्न लागिएको हो । नगरको वातावरण स्वच्छ बनाउन यो निर्णय गरिएको नगरप्रमुख न्यौपानेले जानकारी दिए । नगरवासीहरुले सामान खरिद गर्दा कपडा, फाइवर, जुट र कागजको झोलामात्र प्रयोग गर्न न्यौपानेले आग्रह गरे ।

यसैगरी कार्यपालिका बैठकले नगरको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको अनुमानित आय र खर्च सीमा सम्बन्धमा पूर्व बजेट छलफल कार्यक्रमका लागि जेठ ७ गते नगरसभा कक्षमा सबै नगर सदस्य र सरोकारवालाहरु सहभागी बैठकको आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले व्यास नगरपालिका-५ मानुङकोट पर्यटकीय क्षेत्रको घर निर्माण सम्बन्धी मापदण्ड तोकी घर निर्माण प्रक्रिया खुल्ला गर्ने र निकास नखुलेका घरजग्गाहरु समेत समेटी मानुङकोट पर्यटकीय क्षेत्रको जग्गा विकास आयोजनाको प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker