बालबालिकाको तौल लिइदै

तनहुँको ऋषिङ गाउँपालिकाको काहुँशिवपुर स्वास्थ्य चौकी अन्तर्गतको चैनपुर स्वास्थ्य आमा समूहको नियमित मासिक बैठकमा बालबालिकाको तौल लिइदै । स्वास्थ्य चौकीले वालवालिकाको वृद्धिविकासको नियमित अनुगमन साथै गर्भवती आमा तथा वालवालिकाको पोषण अवस्था बारे अनुगमनका साथै नियमित गाउँघर क्लिनिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा स्वास्थ्यकर्मीहरुले बालबालिकाहरूलाई उम्मेर अनुसारको स्वस्थकर, उपयुक्त एवं पोषणयुक्त खानपान बारे उचित परामर्श, डेङ्गुबाट बच्न पुर्व सावधानीको विधि, उपाय लगायतका विषयमा जानकारी एवं सचेतना जगाउने गर्छन । तस्विर : भञ्ज्याङ










