तनहुँको राइपुरमा आधारभूत अस्पताल निर्माण शुरु (शिलान्यास समारोहको फोटोफिचर सहित)

राजकुमार आले (दुलेगौंडा)

तनहुँको शुक्लागण्डकी-११, राइपुरस्थित बिसौनामा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । सरकारले देशभरका पालिकाहरुमा आधारभुत अस्पताल निर्माण गर्ने नीति लिएअनुसार यहाँ १५ शैय्याको अस्पताल निर्माण कार्य अगाडि बढाइएको हो ।

कमजोर आर्थिक अवस्था भएका ग्रामीण क्षेत्रलाई मध्यनजर गरी बिसौनामा अस्पतालको शिलान्यास भएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । सामान्य विरामी भएपनि ठुलो रकम खर्चिएर स्याङजाको पुतलीबजार वा दुलेगैंडा हुँदै पोखरा जानुपर्ने यहाँका स्थानीयवासीको बाध्यता थियो अब त्यो अन्त्य हुनेमा स्थानीय खुसी भएक हुन् ।

अस्पताल निर्माणका लागि संघीय सरकारको १८ करोड लगानी गर्ने भएको छ । सो अस्पतालको आइतबार गण्डकी प्रदेश साँसद तथा पर्ुवमन्त्री आशा कोइरालाले शिलान्यास गर्दै पूर्वाधार विकासको हिसावले पछाडी परेको राइपुरमा संघीय सरकारको लगानिमा अस्पताल निर्माण सुरु हुँदा आफुलाई खुसी लागेको बताइन् ।

साँसद कोइरालाले ग्रामीण भेगका जनतालाई सेवा प्रदान गर्न उक्त अस्पतालले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । अस्पतालको निर्माण कार्य बेलैमा सम्पन्न गर्न स्थानीयवासी सचेत र सक्रिय हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्रङ्गत बरालले संविधानले प्रदान गरेको जनताले पाउनुपर्ने स्वास्थ्यसेवाको अधिकारलाई पूरा गर्न अस्पतालले सहयोग पुग्ने बताए ।

वडाध्यक्ष दलबहादुर थापाको अध्यक्ष्तामा भएको कार्यक्रममा शुक्लागण्डकी वडा नं. ११ का वडा सदस्य थमनबहादुर आले, नेकपा जिल्ला सचिवालय सदस्य मुक्ति सिग्देल, नेकपा शुक्लागण्डकी-११ वडा कमिटीका अध्यक्ष नारायण सिग्देल, मिलेनियम ट्रेक व्यवस्थापन समितिका अध्यक्ष नविनप्रकाश गुरुङ, समाजसेवी मणिरत्न भट्टराइ, इश्वर पौडेल, राइपुर स्वास्थ्य चौकीका प्रमुख रामचन्द्र अधिकारी, स्वास्थ्य समन्वय समितिका सचिव जीवन पोख्रेल लगायतले ग्रामीण क्षेत्रका बासिन्दालाई स्वास्थ्य उपचार सेवा लिनमा सहज हुने विश्वास व्यक्त गरे ।

अस्पताल निर्माणका लागि सरकारले पहिलो चरणमा एक करोड रुपैयाँ पठाइसकेको सचिव पोख्रेलले जानकारी दिए । आगामी दुइबर्ष भित्र अस्पताल संचालनमा ल्याउने गरी टेन्डर आहृवान गर्न सरकारले पालिकाहरुलाई निर्देशन दिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker