म्याग्दे पयरेस्थित नीलकण्ठेश्वर सिद्धेश्वर गुफाको प्रवर्द्धन

दमौली : तनहुँको म्याग्दे गाउँपालिका–७ पयरेमा अवस्थित नीलकण्ठेश्वर सिद्धेश्वर गुफालाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ । यस ठाउँलाई आन्तरिक पर्यटकको गन्तव्यस्थल बनाउन वडाले पूर्वाधार निर्माणमा जोड दिएको हो । वडा कार्यालयले हालैमात्र विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेको जनाएको छ ।
म्याग्दे–७ का वडाध्यक्ष वसन्त श्रेष्ठले प्रचारप्रसारको अभावमा यस ठाउँ ओझेलमा परेकाले पूर्वाधार निर्माणसँगै प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमा जोड दिइएको बताए । उनका अनुसार गुफासम्म जाने सिँढी बाटो, पार्कसहितको विश्रामस्थल लगायत संरचना बनाउने लक्ष्य राखिएको छ ।
नीलकण्ठेश्वर महादेव सिद्धेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष श्रीभद्र आचार्यले पर्यटकीय सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा यो ठाउँ ओझेलमा परेको बताए । धेरै वर्ष पहिलादेखि रहेको गुफाकाबारेमा अधिकांशलाई जानकारी नभएपछि स्थानीयवासी यसको प्रवर्द्धनमा जुटेका उनको भनाइ छ ।
स्थानीयवासीले केही समय अगाडि मात्रै गुफाभित्र शिवलिङ्ग, गणेश, नाग, शंख लगायत आकृतिसहितका संरचना फेला पारेका थिए । उनले भने, “गुफाभित्र शिवलिङ्ग भएका बारेमा हामीलाई पनि थाहा थिएन, गुफा अवलोकनका क्रममा उक्त शिवलिङ्ग भेटियो । नजिक भएर पनि हामी अन्यौलमा रहेछौँ । शिवलिङ्गबाट आफैँ जल चुहिने गर्दछ ।”
यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरी प्रचारप्रसार गर्नसके धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आर्थिक अवस्था सुधार हुँदै जाने उनले विश्वास व्यक्त गरे। आचार्यले भने, “परापूर्वकालमा यस ठाउँमा भगवान् शिवजीले बास गर्नुभएको थियो । यहाँ १०८ बेलका वृक्षहरू पनि छन् । यहाँको वस्तुस्थिति हेर्दा शिवको बास थियो भन्ने कुरामा द्विविधा छैन ।”
उनले यसको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटकीय गतिविधि बढाएर स्थानीयलाई रोजगारीका अवसर सृजना गर्न सकिने धारणा राखे । सिद्धेश्वर गुफाको प्रवर्द्धनका लागि स्थानीय सरकारले सहयोग गर्ने, पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गर्ने र अपुग भए प्रदेश सरकारसँग साझेदारी गर्ने योजना रहेको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker