सिन्धु आधारभूत विद्यालयको दोस्रो वार्षिकोत्सव सम्पन्न

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास नगरपालिका-५ सागे सेरा स्थित सिन्धु आधारभूत विद्यालयले दोस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै व्यास-५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आउनु पर्ने बताएका छन् । सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आउन सके मात्रै शिक्षाको विकासमा टेवा पुग्ने बताउँदै अध्यक्ष श्रेष्ठले शिक्षक, विद्यार्थी र अभिभावक बिचको त्रिकोणात्मक सम्बन्ध राम्रो रहे विद्यालयको शैक्षिक स्तर सुधारिने बताए ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बिमला कुमालको सभापतित्वमा आयोजित कार्यक्रममा अक्षयकोष दाता चिरन्जीवी पण्डित, सेरा चापाटार टोल विकास संस्थाका अध्यक्ष रामलाल कुमाल, युवा व्यवसायी बाबुलाल कुमाल, सहायक प्रधानाध्यापक तारा बहादुर थापा, शिक्षिका तिलसरा थापा, लगायतले शैक्षिक गुणस्तरमा जोड दिएका थिए। विद्यालयका प्रधानाध्यापक मदन वाग्लेले आर्थिक वर्ष २०७६/०७७ को आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

यस्तै, वार्षिकोत्सवका अवसरमा विनिता भिष्म अक्षयकोष स्थापना गरिएको छ । व्यास-६ काफ्ले फाँट जन्मस्थल भई हाल चाइनाको सिञ्ज्याङ प्रान्तको अन्तर्राष्ट्रिय स्कुल अफ चिल्ड्रेनमा शिक्षण पेशामा कार्यरत विनिता काफ्लेले २५ हजार ५ सय रुपैयाँको अक्षयकोष स्थापना गरेकी हुन् । उक्त अक्षयकोषबाट गरिब तथा विपन्न बालबालिकाहरुलाई वाषिर्क रुपमा शैक्षिक सामग्री उपलब्ध गराइने विद्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker