तनहुँको बन्दिपुरमा एम्बुलेन्स सेवा सुरु

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । सुत्केरी तथा विपन्न नागरिकहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गर्ने नीति लिएको गाउँपालिकाले मंगलबारबाट सेवा शुभारम्भ गरेको हो ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले थापाले एम्बुलेन्स सेवा शुभारम्भ गर्दै गाउँपालिकाको आफ्नै एम्बुलेन्सबाट अब गाउँपालिकाको नीति अनुसार काम गर्न सहज हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष थापाका अनुसार एम्बुलेन्सबाट गाउँपालिका भित्रका सुत्केरीहरुकोलागि बन्दिपुर अस्पतालसम्म ल्याउन र लैजान निःशुल्क रुपमा सेवा दिइने छ । गाउँकार्यपालिका बैठकले यस अघि नै बन्दिपुर गाउँपालिका भित्रका सुत्केरीहरुलाई बन्दिपुर अस्पतालसम्म ल्याउन लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको थियो ।

एम्बुलेन्स सेवा शुभारम्भ कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पन्चमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमाल, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु तथा बन्दिपुर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको उपस्थित रहेको वडा नम्बर १ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker