अनेरास्ववियुद्वारा भानुभक्त क्याम्पसका प्रमुखलाई दुइ दिन भित्र राजिनामा दिन माग
भञ्ज्याङ न्यूज

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन भानुभक्त बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रमुखको राजिनामा माग गरेको छ । अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष सुरेश पौडेल र सचिव सुजन तिमिल्सिनाले विज्ञप्ती जारी गर्दै दुइदिनभित्र सबै तहका अनलाइन कक्षा संचालनका गर्न नसके असक्षमताको आधारमा क्याम्पस प्रमुख रमेश बहादुर अधिकारीले राजिनामा दिनुपर्ने माग गरेका छन् ।
कोरोना भाइरसको प्रभावका कारण शैक्षिक क्षेत्र प्रभावित भएको र अनलाइन कक्षा संचालन गर्ने विषयमा क्याम्पस प्रशासनको बारम्बार ध्यानकर्षा गराउँदा पनि प्रशासनले कुनै जवाफ नदिएको कमिटीले आरोप लगाएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘महामारीको यस कठिन परिस्थितिमा क्याम्पस प्रमुख र क्याम्पस संचालक समिति मौन बसेर विद्यार्थीहरुको उज्ज्वल भविष्यमाथि खेलवाड गरिहेका छन्। अन्य छिमेकी क्याम्पसहरुमा धमाधम अनलाइन कक्षा संचालन भइरहेको छ । यस क्याम्पसमा मात्र संचालन गर्न नसक्ने कारण के छ -‘
विद्यार्थीहरुलाई जे गरे पनि हुन्छ, भन्ने सोच, पद तथा कुर्सीको लोभ, संचालक समितिको तानाशाही प्रवृत्ति र क्याम्पस प्रमुखको असक्षमताको कारणले यो समस्या सिर्जना भएको विज्ञप्तिमा भनिएको छ । यस प्रवृत्तिको अनेरास्ववियुले घोरभर्त्सना गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।










