अखिल नेपाल महिला संघ तनहुँको आयोजक कमिटी गठन

- भञ्ज्याङ समाचारदाता (दमौली)
अखिल नेपाल महिला संघ तनहुँको संयोजकमा सविता रसाइली चयन भएकी छन् । शनिबार दमौलीमा सम्पन्न अगुवा कार्यकर्ता भेलाले रसाइलीको संयोजकत्वमा आयोजक कमिटी गठन गरेको हो । भेलाले आयोजक कमिटीको सहसंयोजकमा भगवती देउजा र सचिवमा बसुन्धरा घर्तीलाई चयन गरेको छ । भेलाले १०१ जनाको आयोजक कमिटी समेतगठन गरेको छ ।
भेलामा अनेमसंघकी पूर्व उपाध्यक्ष टुका हमाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य केदार सिग्देल, राष्ट्रिय सभा सदस्य एवं अनुमसंघ केन्द्रीय सदस्य भगवती न्यौपाने लगायतले वर्तमान राजनीतिक विषयमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।










