आँवुखैरेनीका सार्वजनिक तथा निजी सवारी साधनमा डस्टविन राखिने

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका भित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा डस्टविन राखिने भएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीले सार्वजनिक तथा निजी सवारी साधनमा डस्टविन अनिवार्य कार्य योजना लागु गर्न बिहीबार समन्वयात्मक बैठक गरेको छ ।
सवारी साधनहरूमा यात्रुहरूले प्रयोग गरेका फोहोर वस्तुहरू सवारी साधनबाटै सडकमा फ्याकिने प्रवृत्तिलाई नियन्त्रण गर्दै वातावरणीय प्रदूषण रोकथाम र स्वच्छता प्रवद्र्धन गर्ने उद्देश्यले सवारी साधनमा डस्टबिन अनिवार्य गर्न लागिएको इप्रका आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए ।
स्थानीय जनप्रतिनिधिहरू, यातायात व्यवसाय समितिका पदाधिकारीहरू, आँबुखैरेनी बजार क्षेत्रका टोल सुधार समितिका प्रतिनिधिहरू, विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरू तथा प्रहरी कर्मचारीहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
यस सरोकारपूर्ण र वातावरणमैत्री अभियानलाई सफल पार्नका लागि स्थानीय तह, सम्बद्ध निकाय, यातायात व्यवसायी, यात्रु महानुभावहरू, सञ्चारकर्मी, सामाजिक संघ÷संस्थाहरू तथा सम्पूर्ण नागरिकहरूलाई आवश्यक सहयोग र सहकार्य गर्न आग्रह गरिएको प्रहरी निरीक्षक सुवेदीले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker