पहिराका कारण अवरुद्ध सडक दुइ हप्तापछि सञ्चालनमा

भञ्ज्याङ समाचारदाता/भिमाद

वर्षापछि आएको पहिराले अवरुद्ध बनेको भिमाद-८ स्थित सडक दुइ हप्तापछि सञ्चालनमा आएको छ । भिमाद-सिम्ले-भागर हुँदै जरेवर जाने सडक पहिरो हटाएपछि दुइ हप्तापछि सोमबारदेखि सञ्चालनमा आएको हो । गत जेठ ३१ गते र असार १ गते आएको वर्षाका कारण उक्त सडकखण्डको कल्भुडा चिसापानी भन्ने स्थानमा पहिरो गएको थियो । सडक अवरुद्ध भएको स्थानमा स्काभेटर लगाएर पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा आएको भिमाद-८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिनुभयो । यसअघि नै पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिए पनि निरन्तरको वर्षा तथा सम्भावित जोखिमका कारण एक्साभेटर मालिक तथा चालक त्यहाँ कार्य गर्न तयार नभएकाले ढिलाइ भएको उहाँले बताउनुभयो ।

भिमाद नगर प्रमुख मेखबहादुर थापा, नगरपालिकाका सल्लाहकार मनोज खनाल तथा भिमाद-२ का वडाध्यक्ष भवानीशङ्कर लम्साल सहित नगरपालिकाको प्राविधिक सम्मिलित टोलीले स्थलगतरूपमा पहिराको निरीक्षण गरेको थियो ।

अवरुद्ध सडक सञ्चालन नहुँदासम्म सो क्षेत्रमै बसेर कार्य निरीक्षण गर्नुभएका नगरप्रमुख थापाले तत्कालका लागि सडक सञ्चालन भए पनि बर्सातको समय रहेकाले पानी पर्दा पुनः पहिरो गई सडक अवरुद्ध हुने सम्भावना रहेको बताउनुभयो । उहाँले त्यसका लागि दीर्घकालीन योजना बनाउन प्राविधिकलाई निर्देशन दिनुभएको छ । सडक अवरुद्ध हुँदा भिमाद-८ का अतिरिक्त शुक्लागण्डकी नगरपालिकाका सर्वसाधारण मर्कामा परेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker