सडकमा अवरोध र तोडफोड गर्न खोजेको भन्दै दाहाल-नेपाल समुहका १६ जना दमौलीमा पक्राउ

भञ्ज्याङ न्यूज

राजमार्गमा अबरोध र सवारी साधन तोडफोडमा उत्रिएको भन्दै तनहुँ प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहका १६ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले नेकपा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ सहित १६ जनालाई दमौलीको भोर्लेटार चोकबाट नियन्त्रणमा लिएको हो ।

तनहुँका नेताहरु अतिन्द्र केशरी न्यौपाने, श्रीराम कार्की, मंगल प्रसाद श्रेष्ठ लगायत नियन्त्रणमा परेका छन् । नेतालाई पक्रने क्रममा केहीबेर धकालाधकेल भएको थियो । बन्दकर्ताले मोटरसाईकल चलाउन समेत रोकेका थिए ।

यस्तै सुरक्षा व्यवस्था मिलाइएको र राजमार्ग पूर्णरूपमा सुचारु रहेको, निजी सवारी साधन चलेको र सुरक्षा माग गर्नेलाई स्कर्टिङको व्यवस्था गरि गन्तव्यसम्म पुर्‍याउने कार्य भैरहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

बन्दका कारण यातायातका साधन, व्यापार व्यबसाय, बैंक, वित्तीय सस्था तथा शिक्षण सस्था खुल्न सकेका छैनन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker