जनतासंगको दूरी घटाउने अभियानमा एमाले छ : महासचिव पोख्रेल

दमौली : नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले पार्टी र जनताबीच बढेको दूरी घटाएर सम्बन्ध पुनः मजबुत बनाउने अभियानमा एमाले रहेको बताएका छन् । पार्टी र जनताबीचको सम्बन्ध कमजोर भएको स्वीकार गर्दै उनले जनतासँगको सम्बन्धलाई पुनः स्थापित गर्नु अहिले पार्टीको प्राथमिकता रहेको बताएका हुन् ।
प्रेस चौतारी नेपाल तनहुँ शाखाले शुक्रबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले नेतृत्व र कार्यकर्ताबीच तथा कार्यकर्ता र जनताबीचको सम्बन्ध कमजोर हुँदै गएको बताए । नेतृत्व कार्यकर्तामा र कार्यकर्ता जनतामा निर्भर हुनुपर्ने राजनीतिक सम्बन्धको आधार कमजोर बनेको उनको भनाइ थियो ।
‘जनतासँग सम्बन्ध टुटेको छ। जनतासँगको सम्बन्धलाई बलियो बनाउँछौँ । नेतृत्व कार्यकर्तासँग निर्भर हुनुपर्छ, नेतृत्वको निर्भरता कार्यकर्तासँग घटेको छ । कार्यकर्ताको निर्भरता जनतासँग हुनुपर्छ, त्यो पनि घटेको छ’, पोख्रेलले भने ।
उनले पार्टीको संगठनात्मक सक्रियता र निर्वाचनको परिणामलाई मात्र पार्टीको राजनीतिक अवस्थाको मापन गर्न नहुने उल्लेख गर्दै जनतासँगको सम्बन्ध सुधारलाई मुख्य प्राथमिकता दिनुपर्ने बताए । नेतृत्व र कार्यकर्ताबीचको सम्बन्धलाई सुदृढ बनाउँदै पार्टीलाई जनताको अपेक्षा र आवश्यकतासँग जोड्नुपर्ने उनको भनाइ थियो ।
आगामी स्थानीय तह निर्वाचनमा चुनावी तालमेलको सम्भावनाबारे उनले विचार मिल्ने दलसँग स्थानीय आवश्यकताका आधारमा सहकार्य गर्न सकिने बताए । तर, एमालेले चुनावी तालमेलबारे अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पार्दै निर्वाचनको मिति घोषणा भएपछि यस विषयमा छलफल गरिने जानकारी दिए ।
उनले भने, ‘विचार मिल्ने दलसँग तालमेल गर्न सकिने कुरा गर्दै आएका छौँ । चुनावको मिति घोषणा भएपछि छलफल गर्छौँ । स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्न सक्छौँ ।’
तनहुँमा विगतमा गोविन्दराज जोशी समूहसँग चुनावी तालमेल गरिएको प्रसङ्ग उल्लेख गर्दै पोख्रेलले चुनावी सहकार्यलाई अस्वाभाविक रूपमा लिन नहुने बताए । राजनीतिक विचार र स्थानीय परिस्थितिका आधारमा दलहरूबीच सहकार्य हुन सक्ने उनको भनाइ थियो । विशेषगरी वामपन्थी दलहरूबीचको सहकार्यलाई जनताले सहज रूपमा लिने गरेको उनले उल्लेख गरे ।
यसैगरी, फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेले अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकेको स्वीकार गर्दै उनले निर्वाचनको नतिजालाई मात्र पार्टीको समग्र अवस्थाको मूल्याङ्कनको आधार बनाउन नहुने बताए । निर्वाचनमा अपेक्षित सफलता प्राप्त नभए पनि पार्टी गतिशील रहेको उल्लेख गर्दै उनले संगठनलाई थप सक्रिय बनाउने र जनतासँगको सम्बन्ध सुधार्ने कामलाई प्राथमिकता दिइएको बताए ।
पार्टीको राजनीतिक प्रभाव र जनविश्वास पुनः स्थापित गर्न नेतृत्व, कार्यकर्ता र जनताबीचको सम्बन्धलाई बलियो बनाउनुपर्नेमा उनको जोड थियो ।

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट उपाध्याय सम्मानित

प्रेस चौतारी नेपाल तनहुँ शाखाले प्रदान गर्ने क्रियाशील पत्रकारिता पुरस्कारबाट शाखाका संस्थापक अध्यक्ष तारानाथ उपाध्याय पुरस्कृत भएका छन् । पत्रकारिताको माध्यमबाट जिल्लाको सञ्चार क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै उपाध्यायलाई सम्मान गरिएको हो ।
दमौलीमा आयोजित कार्यक्रममा नेकपा -एमाले)का केन्द्रीय महासचिव शंहर पोख्रेलले उपाध्यायलाई सम्मानपत्र प्रदान गर्दै खादा लगाएर सम्मान गरेका थिए ।
प्रेस चौतारी नेपाल तनहुँ शाखाको स्थापना र संगठन विस्तारमा समेत उनको महत्वपूर्ण योगदान रहेको छ । संस्थापक अध्यक्षका रूपमा उनले जिल्लामा प्रेस चौतारीको सांगठनिक आधार निर्माणमा भूमिका निर्वाह गरेका थिए । प्रेस चौतारी नेपाल तनहुँ शाखाले पत्रकारितामा सक्रिय योगदान पु¥याउने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरेको कोषबाट हरेक वर्ष क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
शाखाका अध्यक्ष राजकुमार श्रेष्ठ -बीबी)का अनुसार प्रेस चौतारी नेपालका तत्कालीन अध्यक्ष गणेश पाण्डेको निर्देशनमा निर्माण गरिएको …भाग्यले बाँचेकाÚ वृत्तचित्र प्रदर्शनबाट संकलित रकमबाट पुरस्कार कोष स्थापना गरिएको हो । सोही कोषको रकमबाट शाखाले प्रत्येक वर्ष क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको उनले जानकारी दिए ।
पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ । पत्रकारितामा सक्रियता, योगदान र संस्थागत विकासमा भूमिका निर्वाह गरेका पत्रकारलाई सम्मान गर्दै व्यावसायिक पत्रकारिताको प्रवर्द्धन गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिँदै आएको शाखाले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker