अस्पताललाई डेङ्गु परीक्षण किट हस्तान्तरण

भञ्ज्याङन्यूज

तनहुँको दमौली स्थित दमौली अस्पताललाई डेङ्गु परीक्षण किट हस्तान्तरण गरिएको छ । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले दमौली अस्पताललाई डेङ्गु परीक्षण किट उपलब्ध गराएका हुन् ।

डा. वाग्लेको सहयोगमा अस्पताललाई उपलब्ध गराइएको पाँच सय थान कीट बुधबार अस्पतालका प्रमुख डा. परिवर्तन बराललाई प्रदान गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका नेता विश्व बास्तोलाले बताए ।

जिल्लामा डेङ्गु संक्रमति वृद्धि भइरहेको अवस्थामा अस्पताललाई किट आवश्यक पर्ने भएकाले सांसद वाग्लेको सहयोगमा किट उपलब्ध गराइएको उनले बताए । अस्पतालका प्रमुख डा. बरालले प्राप्त किटले डेङ्गु संक्रण परीक्षणका लागि सहयोग पुग्ने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker