मानिस र चितुवाको भिडन्त : बुडो चितुवा जिउँदै नियन्त्रण

भञ्ज्याङ समाचारदाता (दमौली)

गोठालो जाँदा चितुवा भेटिएपछि गाउँलेले जिउँदै नियन्त्रणमा लिएका छन् । तनहुँको व्यास नगरपालिका-६ सिसाघाटबाट स्थानीयले चितुवा नियन्त्रणमा लिएका हुन् । स्थानीय दिलबहादुर कुमाल (मदन) बुधबार गोठालो जाँदै गर्दा नजिकैको जंगलबाट छिमेककी एक महिला चिच्याएको सुनेका थिए । ‘दाई मलाई बचाउनुस्, चितुवाले आक्रमण गर्न लाग्यो ।’ कुमाल दौडिएर महिला भएकोमा पुग्दा चितुवा आएको रहेछ । गोठालो गएका महिलाले चितुवा देखेपछि हारगुहार गरेका थिए । कुमाल त्यहाँ पुग्ने बित्तिकै चितुवाले कुमालमाथि नै आक्रमण गर्न खाज्यो । ५३ वर्षीय कुमालले तत्कालै चितुवामाथी जाईलागे । करिव ८ वर्षको जस्तो देखिने चितुवालाई करिव २ मिनेटको घम्साघम्सी पछि कुमालले चितुवलाई आफ्नो नियन्त्रणमा लिन सफल भए ।

आफुलाई आक्रमण गर्न आएपछि चितुवासंग एक्लै भिडेका कुमालले चितुवाको खुट्टा समात्न पुगे र लगात्तै टाउको पनि समाते । ‘करिव २ मिनेटसम्म चितुवासंग घम्साघम्सी पर्‍यो’, कुमालले भने, ‘पछि हल्लाखल्ला सुनेपछि भाई भेषबहादुर पनि घटनास्थलमा आइपुग्यो र हामी दुइ मिलेर चितुवा नियन्त्रणमा लियौं ।’ हल्लाखल्ला भएपछि गाउँले पनि जम्मा हुन थाले । गाउँलेको सहयोगमा चितुवालाई बाँध्न सफल भएको कुमालले बताए । उनले भने, ‘सुरुमा चितुवा देख्ने वित्तिकै डर लाग्यो तर चितुवा आफैमाथि जाइलागेपछि आफू बच्नका लागि भएपनि प्रतिरोध गर्नुपर्ने अवस्था आइलाग्यो ।’ चितुवा बुढो भएका कारण पनि नियन्त्रणमा लिन सहज भएको उनले बताए । चितुवालाई बाँधेर राखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

‘८ वर्षको बुढो भाले चितुवा रहेछ’, डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले भने, ‘कुमाल र चितुवाको लडाइमा चितुवा निकै घाइते भएको छ । चितुवाको अवस्था नाजुक छ।’ चितुवालाई अहिले कार्यालयमै पानी र मासु दिएर राखिएको उनले बताए । जिल्लामा विगत ३ वर्षदेखि मानव र चितुवाबिच द्वन्द्व बढ्दै गएको छ । जंगलमा वन्यजन्तुको आहारा र बासस्थानको व्यवस्थापन खलबलिएपछि चितुवा मानवबस्ति आउने गरेको छ । मानवबस्तिमा आहाराका लागि आउने र घरपालुवा जनावरलाई आक्रमण गर्न नसकेपछि बालबालिका, महिला र बृद्धबृद्धालाई आक्रमण गरी ज्यानै लिने गरेको छ । २०७४ फागुन १ गतेयता जिल्लामा चितुवाको आक्रमणबाट १० बालबालिकाले ज्यान गुमाईसकेको कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker