विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तनहुँकी एक महिला पक्राउ

दमौली । विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिलालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले तनहुँको व्यास नगरपालिका–१२ कमलाबारी बस्ने ३८ वर्षीया मनुमाया थापालाई पक्राउ गरेको हो ।

तनहुँको भिमाद नगरपालिका–५ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१ बगर बस्ने ३८ वर्षीया रुपासरा रानालाई विदेश पठाइदिन्छु भन्दै मनुमायाले रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

रुपासरालाई सामाजिक सञ्जालमार्फत् सम्पर्क गरी वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भनी विश्वास दिलाई विभिन्न बैंकहरुको खातामा पैसा जम्मा गर्न लगाइ ७९ लाख ९७ हजार ९९९ रुपैयाँ निकालिसकेको अवस्थमा निजलाई बुधबार पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।

प्रहरीले निजबाट चार लाख ८० हजार रुपैयाँ र विभिन्न सातवटा बैंकको चेकबुकहरु बरामद गरेको छ । निजविरुद्ध ठगी सम्बन्धी कसुरमा तनहुँ अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरिक्षक रायका अनुसार जापानमा फेमिली भिषा लगाइ पठाईदिन्छु भनी विश्वास दिलाई रुपासराबाट ७९ लाख ९७ हजार ९९९ रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker