जनता समाजवादी र नेपाल लोकतान्त्रिक पार्टी बीच समायोजन
भञ्ज्याङ न्यूज

जनता समाजवादी पार्टी र नेपाल लोकतान्त्रीक पार्टी तनहुँ विच शुक्रबार पार्टी समायोजन गरिएको छ । जनता समाजवादी पार्टीका नेता शिवलाल थापा, देवेन्द्र थापा, कृष्ण घिमिरे, पान बहादुर र्घर्ती लगायतले समायोजन कार्यक्रममा पार्टी एकता गर्नुका कारण प्रष्ट्याउँदै आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
एकताबाट ७५ सदस्यीय जिल्ला समिति घोषणा गरिएको छ । जिल्ला अध्यक्ष कृष्ण बहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा करिब दुइ सय भन्दा बढी कार्यकताहरुको सहभागी रहेको बताइएको छ ।

केही दिन अगाडि शिवलाल थापाको नेतृत्व रहेको लोकतान्त्रिक दल जनता समाजवादीसंग पार्टी एकता भएको थियो ।










