नेकपा एस तनहुँका अध्यक्ष कार्की एमालेमा फर्किए, कार्कीसंगै को को फर्किए ?

भञ्ज्याङन्यूज

नेकपा एकीकृत समाजबादी तनहुँका अध्यक्ष श्रीराम कार्की नेकपा एमालेमा फर्किएका छन् । नेकपा एमाले जिल्ला कमिटीको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष कार्की सहित एक दर्जन नेता कार्यकर्ता एमालेमा फर्किएका हुन् ।

नेकपा एसका जिल्ला सचिवालय सदस्य दिपक खाती, जिल्ला सदस्यहरु भरत के.सी., नारायण कार्की, विजय गौतम, हरि कार्की, भानु चापागाई, झकनारायण श्रेष्ठ, बिष्णु वहादुर अधिकारी, कल्याण अधिकारी, अनेरास्ववियु जिल्ला सचिव सँचिता विक लगायतलाई नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, एमालेका सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य किरण गुरुङ लगायतका नेताहरुले स्वागत गरेका थिए ।

नेकपा एसबाट एमालेमा फर्किएका नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्दै एमाले नेताहरुले नेकपा एमालेको नेतृत्वमा मात्रै समाजबाद र समृद्धिको लक्ष्य पूरा हुने बताए । बाहिर अलमलमा रहेका कार्यकर्ताहरुलाई एमालेमा नै फर्किएर जिम्मेवारी लिन आग्रह गर्दै नेताहरुले पार्टीमा र्फकनेहरुलाई उचित जिम्मेवारी दिइने प्रतिवद्धता जनाएका छन् ।

यस्तै, एमाले फर्किएका कार्कीले नेकपा एसको कुनै नीति र सिद्धान्त नभएको पार्टी हुँदा अब उक्त पार्टीमा रहेर अलमलमा बस्न नहुने बताए ।

‘मदन भण्डारीका उद्गारहरुले जीवनका हरेक पाइलामा पछ्याइरहने छ । विवाद, व्रि्रोह कसैको रहर नभई परिस्थिति र बुझाइको एउटा बाध्यता हो’, कार्कीले भने, ‘पार्टी विभाजनको बेला त्यतिबेलाको सन्दर्भ त्यस्तै थियो ।’

तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीच तालमेल भई चुनावको परिणामले दुइ तिहाइको जनमत आएको स्मरण गर्दै उनले भने, ‘त्यतिबेला कम्युनिष्टका उज्यालोका दिन आयो, श्रमजीवि जनताको दिन आयो भन्ने लागेको थियो, सुखी नेपाली समृद्ध नेपाल बनाउन सक्छौ भन्ने पनि सम्भिmयौ ।’

समाजवादी मोर्चाको सिद्धान्त स्पष्ट नभएको र जनताको बहुदलीय जनवाद, मदन भण्डारीको विचारविना अगाडि बढ्न नसक्ने कार्कीले बताए ।

‘अहिलेको दृष्टिकोण चाहिँ मुख्य कुरा एकीकृत समाजवादी मोर्चा भनेर बनिसकेपछि यसको सैद्धान्तिक आधार र सिद्धान्त नै स्पष्ट नभएको हुनाले सहमति भएन, एउटा’, उनले भने, ‘अर्को चाहिँ विचार, दृष्टिकोण र अहिलेको विश्व कम्युनिस्ट आन्दोलनबाट सिद्ध भएको जनताको बहुदलीय जनवाद, मदन भण्डारीको विचारबिना अगाडि बढ्दैन भन्नेमा म स्पष्ट छु ।’

नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा एमालेका पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज तिलक महत, केन्द्रीय सदस्य भगवती न्यौपाने लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker