जनताको कसम खाँदै नवनियुक्त मन्त्री न्यौपानेले भनिन्- ‘म बाट भ्रष्टाचार हुँदैन’

काठमाडौँ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले नेपाली जनताको कसम खाँदै आफूबाट भ्रष्टाचार नहुने दाबी गरेकी छिन् ।

घुस लेनेदेनको अडियो काण्ड आएपछि राजीनामा दिएका राजकुमार गुप्ताको स्थान मन्त्री बनेर आएकी न्यौपानेले आफ्‌नो ठुलो शक्ति भनेकै नैतिक बल बताएकी हुन् ।

‘म नेपाली जनताको कसम खाएर भन्छु, म बाट भ्रष्टाचारजन्य कुनै पनि काम आजसम्म भएको छैन, अब पनि हुँदैन, म सफा र बेदाग छु, म कहिल्यै लोभ र लाभले विचलित हुने छैन । मेरो सबैभन्दा ठुलो शक्ति भनेकै नैतिक बल हो । म यो शक्ति कहिल्यै गुमाउने छुइन,’ उनले लेखिकी छिन् ।

यस्तो छ उनको स्टाटास

मैले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदमा संविधान अनुसार शपथ लिएको छु । म समस्त नेपाली जनता समक्ष निष्ठा र इमानबाट कहिले पनि विचलित हुने छैन भनेर फेरि पनि शपथ लिएको घोषणा गर्दछु ।

यो जिम्मेवारी दिनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्रद्धेय केपी शर्मा ओलीज्यूप्रति आभारी छु । यो जिम्मेवारी वहन गरिरहँदा मेरो जन्मथलो, कर्मथलो तनहुँका आदरणीय जनताप्रति आभार व्यक्त गर्दछु । यो जिम्मेवारी वहन गरिरहँदा म नेकपा ९एमाले०का समस्त कार्यकर्ता तथा नेताहरूप्रति आभार व्यक्त गर्दछु । मैले भन्ने कुरा खासै केही छैन । साँच्चै भन्ने हो भने मेरा भन्ने कुरा अब सकियो, गर्ने काम मात्र बाँकी छ । काम गर्नका लागि म सबैबाट हौसला, सहयोग, सल्लाह तथा सुझावको अपेक्षा गर्दछु ।

म निष्ठा र इमानपूर्वक काम गर्दछु । म देश र जनताको दीर्घकालीन हित र लाभ हेरेर निर्णय लिन्छु । म क्षणिक लोकप्रियताका लागि काम गर्दिनँ । नेपालमा भाइरल र चर्चित हुने रोग फैलिएको छ । म अव्यवहारिक, सनसनीखेज, उत्तेजनापूर्ण कुरा गर्दिनँ । किनभने म जिम्मेवार पार्टी नेकपा एमालेको सदस्य हो, म अति जिम्मेवार र गम्भीर सरकारको सदस्य हो ।

प्रधानमन्त्रीज्यूको काम गराईको स्प्रीट र स्पीडको म सधैँ प्रशंसक थिएँ, प्रधानमन्त्रीज्यूको विचार, भावना र कार्यक्रमलाई कार्यरुपमा उतार्न मेरो योगदान रहनेछ । यो सरकारको नीति तथा कार्यक्रम, यो सरकारको वार्षिक बजेट, संसद्मा अभिव्यक्त विचार तथा निर्देशन, प्रधानमन्त्रीज्यूबाट हुने घोषणा एवं जनचाहना मेरा मार्गदर्शक सिद्धान्त हुन् । म त्यसै अनुरूप काम गर्दछु ।

म नेपाली जनताको कस्सम खाएर भन्छु, म बाट भ्रष्टाचारजन्य कुनै पनि काम आजसम्म भएको छैन, अब पनि हुँदैन, म सफा र बेदाग छु, म कहिल्यै लोभ र लाभले विचलित हुने छैन । मेरो सबैभन्दा ठुलो शक्ति भनेकै नैतिक बल हो । म यो शक्ति कहिल्यै गुमाउने छुइन ।

अन्त्यमा विभिन्न माध्यमबाट शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण शुभचिन्तक एवम् आदरणीय महानुभावमा हार्दिक अभार सहित धन्यवाद प्रकट गर्न चाहन्छु १।

https://www.facebook.com/bhagabati.neupane/posts/24275634215435861?ref=embed_post

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker