घिरिङका कृषकलाई प्राविधियुक्त बनाइदै

तनहुँको घिरिङ गाउँपालिकाले व्यवसायिक रुपमा कृषि पेशा अंगालेका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि प्रविधिका सामाग्रि हस्तान्तरण गरिदै । गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले २५ जना कृषकहरुलाई हाते ट्याक्टर, थ्रेसर र बेसार पिस्ने मेशिन प्रदान गरेका छन् ।
आर्थिक बर्ष२०७७/०७८ को बार्षिक बजेट स्वीकृत कार्यक्रम अनुसार कृषकहरुलाई उक्त सामाग्रि हस्तान्तरण गरिएको र यी सामाग्रिले कृषि पेशलाई आधुनिकिकरण र व्यवसायिक बन्ने विश्वास गरिएको अध्यक्ष रानाले बताए ।

गाउँपालिकाले कृषकलाई कृषि विउविजन तथा उपकरण थप वितरण गर्ने योजना बनाएको गाउँपालिकाका उपाध्यक्ष सरास्वती सिग्देलले बताइन् । तस्विर : भञ्ज्याङ










