आर्थिक विकासमा घरेलु उधोग : अध्यक्ष राना

- भञ्ज्याङ समाचारदाता (म्याग्दे)
तनहुँको म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले लघु, घरेलु तथा साना उधोगको विकाश अहिलेको आवश्यकता रहेको बताएकी छन् । गाउँपालिकाले वडा नं. ५ मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)को वडा स्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रानाले लघु घरेलु तथा साना उद्योगको विकाससंगै दिगो आर्थिक विकाश हुने र उद्यमिको आम्दानिमा परिवर्तन हुने बताइन् ।
सिकेको सिपलाई व्यवहारमा लागू गर्दा कम लगानिमा घरेलु उद्योग सचालन गर्न सकिने र त्यसरि उद्योग गर्न चाहनेका लागि गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष रानाले प्रतिवद्धता जनाएकी छन् । गाउँपालिकाका उपाध्यक्ष वालकृण्ण घिमिरेले एक व्याक्तिले धेरै तालिम लिनुभन्दा एउटा मात्र तालिम लिएर सिकेको सिपलाई प्रयोग गर्न सकेमा स्वोरोजगार बन्न सक्ने बताए । उनले उद्योग, व्यवसाय गर्न चाहने युवाहरूलाई गाउँपालिकाले आवश्यकता अनुसार प्रविधि तथा शिपविकाशमा सहयोग गर्दै जाने बताएका छन् ।
गरिबी निवारणका लागि लघु उद्यम विकाश कार्यक्रमबाट गाउँपालिकामा नयाँ उद्यमि सृजनाका कार्यक्रम निकै प्रभावकारी हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताएका छन् । गाउँपालिकाले १३० जना उद्यमि सृजना गर्ने उद्देश्यका साथ सिपसिकाउन लागेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।
वडा नं. ५ का अध्यक्ष शिव बहादुर आलेको सभापतित्वमा आयोजित कार्यक्रममा गरिबी निवारणका लागि लघु उधम विकाश (मेड्पा) कार्यक्रम सचालन प्रक्रियाका विषयमा जानकारी गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका उद्योग विकाश शाखा प्रमुख प्रदिप न्यौपानेले बताए । वडास्तरमा सचालित घरधुरि सर्वेक्षण, उद्यमशिलता तालिम, सिपविकाश तालिम, बजार सन्जाल, वचत परिचालन लगायतका विषयमा सहजिकरण गरी नयाँ उद्यमि ९० र स्तरोन्नति ५० गरी १३० उद्यमि यस वर्ष सृजना गर्ने लक्ष्य रहेको न्यौपानेले जानकारी गराए ।










