जाडो सुरु भएपनि तनहुँमा डेंगी संक्रमण रोकिएन

तनहुँ : तनहुँमा डेंगी संक्रमण दैनिक बढ्दै गएको छ । जाडो सुरु भएपनि तनहुँमा डेंगी संक्रमण रोकिएको छैन । स्वास्थ्य कार्यालय तनहुँले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लाका १० वटै पालिकामा गरी ५ हजार १८० जनामा डेंगीको सङ्क्रमण देखिएको छ ।
तनहुँमा गत असार पहिलो सातादेखि डेंगी संक्रमण फैलिएको थियो । जिल्लाको सहरी क्षेत्र डेंगी संक्रमणबाट बढी प्रभावित भएका छन् । डेंगीको संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन्। व्यास नगरपालिका–७ का ५० वर्षीय पुरुषले भदौमा ज्यान गुमाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी अनुसार चालु आर्थिक वर्षको हालसम्ममा जिल्लामा पाँच हजार १८० जनामा डेंगी संक्रमण देखिएको छ । संक्रमण बढेसँगै अस्पतालहरूमा विरामीको चाप बढेको अधिकारीले बताए । अधिकारीका अनुसार सबैभन्दा धेरै व्यास नगरपालिकामा संक्रमण फैलिएको छ ।
व्यासमा दुई हजार ४५ जनामा संक्रमण भएको छ । त्यसपछि आँबुखैरेनी गाउँ पालिकामा धेरै विरामीमा छन्। आँबुमा एक हजार ७३७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । शुक्लागण्डकी नगरपालिकामा ८७९ जनामा संक्रमण पुष्टि भएको छ ।
बन्दीपुर गाउँपालिकामा १८९ जना र भिमाद नगरपालिकामा ९८ जनामा संक्रमण भएको छ । भानु नगरपालिकामा ४८, म्याग्दे गाउँपालिकामा ४५ जनामा संक्रमण भएको छ । ऋषिङ गाउँपालिकामा पाँच, घिरिङ गाउँपालिकामा छ, देवघाट गाउँपालिका ८९ जनामा र अन्य जिल्ला घर भइ तनहुँमा बसोबास गर्ने ३० जनामा संक्रमण भएको छ ।
लामखुट्टेले फुल पार्ने ठाउँमहरु ‘खोजौँ र नष्ट गरौँ’ भन्ने नारासहित जिल्लाको सबै पालिकामा अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।  संक्रमण तीव्र गतिमा फैलिएपछि रेडक्रसले समेत डेंगु रोगविरुद्धको सचेतना अभियान सञ्चालन गर्दै आएको छ । लामखुट्टेको टोकाइबाट जोगिनका लागि सुत्ने समयमा झुलको प्रयोग, पूरा बाउला भएको कपडा प्रयोग गर्ने तथा घर वरिपरि पानी जम्न नदिन चिकित्सकले सुझाव दिएका छन् । लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले बताए ।
डेंगीको संक्रमण एडिज जातको लामखुट्टेको टोकाइबाट मात्र फैलिने, सफा पानीमा फुल पार्ने, लार्भा हुर्काउने भएकाले पानी जम्न नदिएर लामखुट्टेलाई नष्ट गर्नुपर्ने उनले बताए। डा. बरालका अनुसार बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु डेंगी संक्रमण्को मुख्य लक्षण हुन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker