तनहुँको म्याग्दे गाउँपालिकामा पालिकास्तरीय हुलाकको कार्यालय स्थापना

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको म्याग्दे गाउँपालिकामा पालिका स्तरीय हुलाक सेवाको शुभारम्भ गरिएको छ । सरकारको आर्थिक वर्ष २०८०/०८१ को बार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा ‘एक पालिका एक हुलाकको अवधारणा कार्यान्वयन गरिनेछ’ भन्ने नीति कार्यान्वयनको क्रममा सोमबार आर्थिक वर्षको पहिलो दिनमै हुलाकको पालिकास्तरीय कार्यालय शुभारम्भ गरिएको हो ।

हुलाक सेवा विभागको परिपत्र र निर्देशन बमोजिम म्याग्दे गाँउपालिका-४ छाङ्ग स्थित घुम्तीमा पालिका हुलाक कार्यालय स्थापना गरिएको जिल्ला हुलाक कार्यालय तनहुँका प्रमुख मित्रलाल भट्टराइले जानकारी दिए । सो कार्यालयको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र जिल्ला हुलाक कार्यालय तनहुँका प्रमुख मित्रलाल भट्टराइले संयुक्तरुपमा शुभारम्भ गरेका थिए ।

म्याग्देमा यस अघि इलाका स्तरको हुलाक कार्यालय समेत नरहेको हुँदा पालिका स्तरको हुलाक कार्यालयको स्थापना गरिएको जिल्ला हुलाक कार्यालयका प्रमुख भट्टराइले जानकारी दिए । सो अवसरमा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले हुलाकको स्थापना भएपछि म्याग्देका जनतालाई सुचनाको आदान प्रदानमा सहज हुने विश्वास व्यक्त गरे । अध्यक्ष श्रेष्ठले स्थानीय तहसँग समन्वय गरि जनताले सहज र सरल तरिकाले सेवा प्राप्त गर्ने विश्वास लिए ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जिल्लाका अन्य सेवा जस्तै हुलाकलाई पनि पालिकासँग समन्वय गरेर सेवा प्रवाह गरेमा अझ प्रभावकारी हुने बताए । सो कार्यक्रमको सञ्चालन जिल्ला हुलाक कार्यालयका नासु सचिन पौडेलले गरेका थिए भने स्वागत मन्तव्य कार्यालयका खरिदार हिमलाल ढुंगानाले गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker