‘उस्मान अली बचाऊ’ अभियानमा २३ लाख सङ्कलन

शुक्लागण्डकी नगरपालिका–५ निवासी नौ महिने बालक उस्मान अलीको उपचारका लागि रकम जुट्ने क्रम जारी रहेको छ । विश्वकै दुर्लभ रोगमध्येको एसएमए (इस्पाइनल मस्कुलर एट्रोफी) रोगबाट ग्रसित बालकको उपचारका लागि सहयोग रकम जुट्न थालेको हो ।

बालकको उपचारको लागि हालसम्म करिब रु २३ लाख सङ्कलन भइसकेको बालकका मामा अप्पु मियाँले जानकारी दिनुभयो । भान्जाको उपचारका लागि सबै क्षेत्रबाट सक्रिय भएर आर्थिक सङ्कलन कार्य भइरहेकाले नयाँ जीवन पाउने आशा पलाएको उहाँले बताउनुभयो । उक्त रोगको उपचार नेपालमा नहुने र उपचारका लागि विदेश लैजानुपर्ने हुँदा खर्चिलो हुने बताइएको छ ।

यस रोगको उपचारका लागि जोल्जेन्स्मा नामक औषधि दिइने र यो औषधि विश्वकै महँगो पर्ने बताइएको छ । विश्व बजारमा यसको मूल्य अमेरिकी २.१ मिलियन डलर अर्थात् झण्डै रु २६ करोड पर्ने हुँदा यसको उपचार सामान्य नेपालीको पहुँचभन्दा बाहिर छ । जिल्लाका युवायुवती तथा देश विदेशमा रहनुभएका नेपालीको सक्रियतामा उक्त रकम सङ्कलन भएको हो । जिल्लाको दुलेगौडा, खैरेनीटार, दमौली डुम्रेलगायतका स्थानमा घरदैलो गरी रकम सङ्कलन गर्ने कार्य भइरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker