रोटर्‍याक्ट क्लव अफ दमौलीद्वारा वेद व्यास आश्रमलाई सहयोग

भञ्ज्याङ समाचारदाता (दमौली)

रोटर्‍याक्ट क्लब अफ दमौलीले वेदव्यास जेष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग गरेको छ । क्लबले ५३औं विश्व रोटर्‍याक्ट डेको अवसरमा शुक्रबार उक्त सहयोग गरेको हो । आश्रमलाई नगद रु ७ हजार ७ सहयोग गरेको रोटर्‍याक्ट क्लब क्लब अफ दमौलीका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । रोटा सप्ताह अवसरमा आश्रममा क्लबले केक काटेर जेष्ठ नागरिकसंग रोटर्‍याक्ट डे मनाएको क्लबका डिरेक्टर चियर बिशाल श्रेष्ठले बताए ।

रोटा सप्ताहको चौथो दिन उक्त सहयोग गरिएको क्लबले जनाएको छ । ज्येष्ठ नागरिकको भवन निर्माणाधीन रहेकाले केहि सहयोग पुगोस भनेर आर्थिक सहयोग नै गरिएको क्लबका निर्वतमान अध्यक्ष मनोज राउतले जानकारी दिए । साथै क्लबले निर्वतमान अध्यक्ष मनोज राउतको जन्मदिन समेत सोही अवसरमा मनाएको थियो ।

रोटा सप्ताहमा क्लबले हरेक दिन विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । क्लबले स्वागत ब्यानर परिवर्तन, पञ्चमन्दिर सरसफाइ, मैत्रीपूर्ण फुटसल प्रतियोगिता लगाएतका कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक यम बतासले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker