उपभोक्तालाई वन संरक्षण सम्बन्धी सचेतना

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुरका सामुदायीक बन उपभोक्ता समितिले बनमा हुने आगलागी नियन्त्रण गर्न चासो देखाएका छन् । साथै वन्यजन्तु र जडीबुटी चोरी सिकारी तथा पैठारी नियन्त्रण गर्न सामुहिक ऐक्यबद्धता गरी नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन् ।

राज्यले स्थानीय उपभोक्ता मार्फत बनको ब्यवस्थापन, संरक्षण, सम्वर्द्धन र उपभोगका लागि जिम्मा लगाएको हुँदा बनको उचित ब्यवस्थापन, संरक्षण, सम्वर्द्धन र उपभोग गर्नुपर्ने भएकाले आगलागी, बन्यजन्तु र जडीबुटी चोरी सिकारी तथा पैठारी नियन्त्रण गर्न सबै जनसमुदाय एकजुट हुनु पर्ने निष्कर्ष निकालिएको हो ।

बन्दिपुर-४ मा रहेको कोक्च सामुदायीक बन उपभोक्ता समितिको आयोजनामा भएको सो कार्यक्रमा बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले हरियो बन नेपालको धन भएकाले सबैले मिलेर संरक्षण गर्नुपर्ने आवश्यकाता औंल्याउँदै गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा डिभिजन बन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले स्थानीय उपभोक्ताले बनको संरक्षणसंगै बनको उपयोग गरी फाइदा दिनुपर्ने भन्दै बन पैदावरलाई उचित रुपमा उपभोग गरी उत्पादनसँग जोड्नु पर्ने बताए ।

उनले आगोलागी नियन्त्रण, बन्यजन्तुको चोरी शिकारी नियन्त्रण तथा जडीबुटीको अनियन्त्रित चोरी पैठारी नियन्त्रण गर्न स्थानीय उपभोक्ता नै सचेत बन्नु पर्ने भन्दै कानुनले दण्डित गर्ने कार्य गरेको पाइएमा पनि उपभोक्ता समितिले बन कार्यालयलाई सघाउनु पर्ने बताए । उनले भने, ‘बन्यजन्तुलाई बनमै रमाउने बनाउन बनमा फलफूलको विरुवा लगाउन, पानीपोखरी बनाउन, बन्यजन्तुको सिकार नगर्न, आगोलागी हुन नदिन उपभोक्ता सचेत बन्नुपर्छ ।’

कोक्च सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष क्या. डिल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सब डिभिजन कार्यालय बिमलनगरका प्रमुख सागर खनाल, रानीबन सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष बामदेब भट्टराइ, छपेली सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष धनबहादुर आले, सिद्ध सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष दमयन्ती थापा, जुमडाँडा सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष बिलबहादुर गुरुङ, नौबिसे सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष हरिश्चन्द्र भट्टराइ, रातोमाटे थाक्कलडाँडा सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष मिम बहादुर गुरुङ, लोही आरेखत्रके सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर सुनारी, लोही सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर थापा, आहालडाँडा सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष हरिकाजी वाचे मगर र मुच्चोक सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष नारायण केसी लगायतले चैत्रदेखि जेठ महिनासम्म विशेष गरी आगोलागीका घटना हुने हुँदा उक्त अबधिमा प्रत्येक सामुदायीक बन उपभोक्ता समितिले हेरालुको ब्यवस्था गर्ने साथै आगलागी नियन्त्रण, बन्यजन्तु र जडीबुटी चोरी सिकारी तथा पैठारी नियन्त्रण गर्न सचेतना कार्यक्रम गरी प्रचार प्रशारमा जोड दिने बताए ।

इलाका प्रहरी कार्यालय बन्दिपुरका प्रहरी नायब निरीक्षक रामशरण राना र बौद्धशाक्य गुम्बा बन्दिपुरका अध्यक्ष गणेश गुरुङ लगायत ११ सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष सहित उपाध्यक्ष, सचिब र कोषध्यक्षहरुको समेत सहभागीता रहेको कोक्च सामुदायीक बन उपभोक्ता समितिकी सचिब बबिता थापाले बताइन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker