डुम्रे बजार इकाईद्वारा शसस्त्र प्रहरीलाई स्वास्थ सामग्री प्रदान
भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँ उद्योग बाणिज्य संघ डुम्रे बजार इकाइले शसस्त्र प्रहरीलाई स्वास्थ सामग्री प्रदान गरेको छ । कोरोनाको त्रासका बीच सडकमा खटिनु पर्ने र जोखिम रहन सक्ने भन्दै शसस्त्र प्रहरी बल मनकामना गणलाई स्वास्थ्य सामग्री प्रलान गरिएको इकाइ सभापति राजेश श्रेष्ठले बताए । इकाईले ३६ थान फेस सिल्ड, ५ लिटर सेनिटाइजर र मास्क प्रदान गरेको हो ।
इकाईको सक्रियतामा बजार क्षेत्रमा दिउँसो सुरक्षाका लागि खटिने नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई खाजा र पानीको समेत ब्यवस्थापन गरिएको तनहुँ उद्योग वाणिज्य संघका महासचिव सुबोध अधिकारीले बताए ।
संघसँग यस किसिमको विषम परिस्थितिमा सहयोग र सहकार्य गरी कार्य गर्न पाएको भन्दै शसस्त्र प्रहरी बल मनकामना गणका गणपति प्रहरी उपरीक्षक संजय भट्टराइले इकाईलाई धन्यवाद व्यक्त गरे ।
उक्त कार्यक्रममा संघका पूर्व सदस्य राजेन्द्र पिया, इकाईका निवर्तमान सभापति नेक महम्मद मिया, इकाइ उपसभापति हेमलाल भिके, सचिव बुद्ध श्रेष्ठ, डुम्रे साँस्कृतिक परिवारका अध्यक्ष कैलाश श्रेष्ठ लगायतले कोभिड विरुद्धको लडाइमा सबै सकरात्मक सोच उच्च मनोबलका साथ हातेमालो गरी लढ्नुपर्ने बताए ।
डुम्रे बजार इकाइले तनहुँ उद्योग बाणिज्य संघले स्थापना गरेको संकट व्यवस्थापन महाअभियान कोषमा ६० हजार रुपैयाँ बराबरको रकम सहयोग गरेको इकाइका निवर्तमान सभापति नेक महम्मद मियाले जानकारी गराए ।










