अर्थ
-
७३ करोडको आलु र सुन्तला बिक्री
म्याग्दी : एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको आलु र सुन्तला बिक्री भएको छ । कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रु ४० करोडको आलु र ३३ करोड ८६ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको छ । चार हजार ५१५ मेट्रिक टन सुन्तला र ३३ हजार १२०…
पुरा पढ्नुहोस -
नारेश्वर तालमा पानी जम्मा हुन सुरु
दमौली : नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको ताल उत्खनन गरी पानी जम्मा गर्न थालिएको हो । उक्त तालमा करिब २५ हजारदेखि ३० हजार घनमिटर पानी भण्डारण गर्न सकिन्छ । तनहुँको व्यास नगरपालिका–१० मा पर्ने उक्त ताल करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको छ । तालको बाँध तथा…
पुरा पढ्नुहोस -
तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति
दमौली : तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण कार्यमा ६२ प्रतिशत प्रगति हासिल भएको छ । बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट भर्नुपर्नेमा हालसम्म चार लाख ७३ हजार ७६१ घनमिटर कङ्क्रिट भरिएको आयोजना प्रमुख श्यामजी…
पुरा पढ्नुहोस -
वन संरक्षणमा उत्कृष्ट तनहुँका सामुदायिक तथा कबुलियती वन सम्मानित
दमौली । डिभिजन वन कार्यालय तनहुँले वन दिवस २०८२ को अवसरमा जिल्लाका उत्कृष्ट सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूहलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरेको छ। वन संरक्षण, सम्वर्द्धन तथा व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने वन उपभोक्ता समूह छनोट गरी पुरस्कार प्रदान गरिएको सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। कार्यालयको…
पुरा पढ्नुहोस -
कृषि सामग्री कम्पनी दमौलीबाट दुई हजार मेट्रिकटनभन्दा बढी मल बिक्री
दमौली : कृषि सामग्री कम्पनी दमौलीले एक वर्षको अवधिमा दुई हजार ७०० मेट्रिकटनभन्दा बढी मल बिक्री गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा दुई हजार ७६६ दशमलव ६७ मेट्रिकटन मल बिक्री गरेको हो । कार्यालय प्रमुख विजया बास्कोटाका अनुसार तनहुँमा एक हजार ९०३ दशमलव शून्य ७५ मेट्रिकटन र लमजुङमा…
पुरा पढ्नुहोस -
बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च
मुस्ताङ : चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि आठ अर्ब ९६ करोड बढी वित्तीय खर्च भएको छ । कालिगण्डकी करिडोर कोरला सडक योजनाले सुरुआती आव २०७३/०७४ देखि आव २०८२/०८३ सम्मको अवधिमा उक्त बजेट खर्च भएको जनाएको छ । कोरला सडकका योजना प्रमुख तेजस्वी शर्माका अनुसार गतवर्षसम्म कोरला…
पुरा पढ्नुहोस -
मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख
मुस्ताङ : यहाँको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास समितिका पाँचवटा बैंक खातामा रु ११ करोड ७६ लाख ३३ हजार मौज्दात रहेको छ । समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार कृषि विकास बैंकमा रु सात करोड १६ लाख…
पुरा पढ्नुहोस -
‘अनि बन्यो बन्दीपुरमा मानकाजीको वन’
काठमाडौँ : तीन दशकअघि तनहुँको बन्दीपुर गाउँपालिका–१ का मानकाजी श्रेष्ठका लागि काठ नै जीविकोपार्जनको मुख्य आधार थियो । काठको व्यापार र उद्योगबाट परिवारको गुजारा चलिरहेको थियो । सुरुसुरुमा उद्योगका लागि चाहिने कच्चा पदार्थ अर्थात् काठ सहजै पाइरहनुहुन्थ्यो । त्यसैले एकदिन काठकै अभावमा आफ्नो उद्योग बन्द गर्नुपर्ने अवस्था आउला भन्ने उहाँले…
पुरा पढ्नुहोस -
जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण
दमौली : तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा तनहुँको भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ । आयोजनाको सामाजिक उत्तरदायित्व विकास कार्यक्रममार्फत विद्यालयको सुविधासम्पन्न भवन निर्माण गरिएको हो । उक्त भवनको २०८० साल असोज ९ गते शिलान्यास गरिएको थियो । सरकारको विद्यालय भवनसम्बन्धी प्रचलित मापदण्ड, नमूना डिजाइन तथा…
पुरा पढ्नुहोस -
गण्डकीको प्रवेशद्वार आँवुखैरेनीबाट पछिल्लो छ महिनाको अवधिमा निर्यातभन्दा पाँचगुणा बढी आयात
दमौली : गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीस्थित कृषि तथा पशुपक्षी नियमन इकाइबाट पछिल्लो छ महिनाको अवधिमा निर्यातभन्दा आयात पाँचगुणाले बढी भएको छ । इकाइबाट प्राप्त तथ्याङ्क अनुसार ५४२ मेट्रिकटन तरकारी तथा फलफूल निर्यात हुँदा दुई हजार ९०७ मेट्रिकटन आयात भएको कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारीले जानकारी दिए । उक्त…
पुरा पढ्नुहोस